फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र
काठकाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन ।
भेटवार्तामा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलले नागरिकता समस्यासहितका विषय समावेश गरी सदनमा पेस भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्र्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो । भेटघाटमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने सङ्घका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्षद्वय कूल आचार्य र डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतको उपस्थिति थियो ।
एमाले नेतालाई स्वागत
यस्तै, आजै अध्यक्ष दाहालले नेकपा एमाले मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेलसहितका नेता कार्यकर्तालाई माओवादीमा स्वागत गर्नुभएको छ । सो अवसरमा अध्यक्ष दाहालले सङ्घीयता धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि सङ्घर्ष गरेको पार्टीमा सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुन आह्वान गर्नुभयो ।
एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्ता पार्टी अध्यक्ष दाहालले आफ्नै निवास खुमलटारमा स्वागत गर्नुभयो । उक्त कार्यक्रममा खरेलसहित दर्जन बढी कार्यकर्ता माओवादी प्रवेश गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





