उपसभामुखमा एमालेको उम्मेदवार भट्टराई


     एभरेस्ट आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित





काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन ।यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका थिए । भुसालको प्रस्तावक नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ छन भने नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी समर्थकछन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।