बलेवा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले सशर्त बाहेकका योजनामा कृषि शाखालाई ओझेलमै राखेका छन् । पालिका तहमा कृषिको विकास नहुँनुमा दक्षप्राविधिक अभाव भएको र स्थानीय तहले प्राथमिकतामा कृषि शाखालाई नराखेको गुनासो आउन थालेको छ । लामो समयसम्म गाउँपालिका तथा नगरपालिकामा कृषि प्राविधिक नखटाउने र जनप्रतिनिधिले पनि कृषिको विकासलाई विकास नमान्ने प्रवृत्ति रहेको सरोकार वालालले बताए ।
कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा जिल्लाका सबै पालिकाको कृषि शाखाको समन्वयात्मक बैठकमा सहभागी हुन आएका कृषि प्राविधिकले आफ्नो शाखा ओझेलमा परेको गुनासो गरे । उनीहरुले भौतिक विकास, सडक, खानेपानी र सिँचाइका आयोजना भए विकास मान्ने, तर कृषि फसल उत्पादन, सीप हस्तान्तरण र उत्पादनको बजारीकरणमा ध्यान नदिएको बताए । विसं २०७४ मा स्थानीय निर्वाचन भएपछि लामो समयसम्म कुनैपनि पालिकामा कृषि शाखामा कर्मचारी र प्राविधिक शून्य भएको थियो ।
कर्मचारी अभावमा सामान्य सूचनासमेत पाउन नसकेर किसान पीडित भए । कृषि ज्ञान केन्द्र पनि नभएकोले सङ्घीयताको मर्मअनुसार किसानले सेवा पाउन सकेका थिएनन् । लामो समयपछि शाखा स्थापना भए पनि कर्मचारी भने अझै अभाव छ । आगामी आर्थिक वर्षका लागि भने पालिका तहमा कृषि अधिकृत राख्न सरकारले बजेट विनियोजन गरेको छ । यद्यपि राजनीतिक दल र जनप्रतिनिधिले अझै कृषि तथा भेटेनरी क्षेत्र प्राथमिकतामा नपारेको प्राविधिकले बताए ।काठखोला गाउँपालिकाकी प्राविधिक सीता शर्माले कतिपय कार्यक्रम शाखाले हेर्नै नपाएको गुनासो गरे ।
‘ठूलो रकमका आयोजना कार्यपालिकाले सोझै प्रमुख प्रशासकीय अधिकृतमार्फत कार्यान्वयन गराए’ शर्माले भने, “खर्चको सिलिङ मात्रै हामीले राख्यौँ ।’ के काम भयो, भनेर अनुगमन पनि गर्न नसकेको उनले गुनासो गरे । गलकोट, बडिगाड, तमानखोला र जैमिनीका प्राविधिकले पनि कृषि क्षेत्र उपेक्षामा परेको गुनासो गरे ।
समन्वय प्रमुख थापाको अध्यक्षता, कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत दिनेश पाठकको स्वागतमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइ, भेटेनरी अस्पताल तथा पशुविज्ञ कार्यालयका प्रमुख ऋषिराम सापकोटा, पत्रकार महासङ्घका सचिव बिजय राना र सहायक प्रजिअ गणेशप्रसाद पौडेलले किसानको समस्या समाधान गर्न तत्कालको अवस्था सार्वजनिक गर्ने र आगामी योजना तय गर्नुपर्ने सुझाव दिएमन थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






