पोखरामा दुई यात्रुवहाक सवारी आपसमा ठोक्किँदा १७ घाइते


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरामा आइतबार दुई यात्रुवाहक सवारी एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

पोखराको ड्यामसाइडमा राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग १ ख ३७९० नम्वरको नगर बस र विपरित दिशाबाट आइरहेको ग १ ज ३४१७ नम्वरको मिनी माइक्रो एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुमध्य गण्डकी मेडिकल कलेजमा १२ जना र नमस्ते हस्पिटलमा ५ जनाको उपचार भईरहेको छ । उनीहरुमध्य १२ जना मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ ।

दुर्घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार बसले आफ्नो लेन क्रस गरेर मिनी माइक्रोलाई ठक्कर दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।