मेरो बाँकी सबै समय राष्ट्रको नाममा सुम्पिएकी छु: वुद्धि कुमारी गुरुङ

- देशको लागि युकेको कार्ड परित्याग गरे


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित




आउदो मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुदैँ छ । मङ्सिर ४ को चुनावमा मुलुक होमिएसगैँ उम्मेदवारको प्रचारप्रसार तिव्र बनेको छ । उम्मेदवारका ठुला नारा र आश्वसनका ठेलीले चुनाविबजार गुञ्जायामान बनेको छ ।

कास्की क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार वुद्धि कुमारी गुरुङसगँ तपाईको उम्मेदवारी किन ? एजेण्डा र जित्ने आधार के ? लगायत थप बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत छ ।

कास्की क्षेत्र नं २ बाट उम्मेदवारी हुनुहुन्छ ,सर्व प्रथम जितको शुभकामना छ । तपाईंको उम्मेदवारी किन ?

यहाँ लाई धेरै धन्यवाद, शुभकामनाका लागि । कास्की क्षेत्र नं. २ बाट मैले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको छु । पुराना राजनीतिक दलले महिलालाई नेतृत्वबाट बञ्चित गराएका छन् । यो सबैमा सर्वविदितै छ । महिलालाई जैले चुलोचौकोमा मात्रै सिमित राखियो । अर्काे कुरा महिला सधै समानुपातिकमा मात्रै रहनुहुँदैन । अब हामीले महिलालाई राजनीतिमा आकर्षण गर्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले मैले सबै महिलाको प्रतिनिधित्व गदै उम्मेदवारी दिएकी हुँ ।

तपाईंको राजनीतिक र पारिवारिक पृष्ठभूमि बताइदिनुहोस् न ?

मेरो पारिवारिक पृष्ठभूमि भन्नुपर्दा हामी दुई दिदिबहिनी मात्रै ,बुवाआमाको म कान्छी छोरी मलाई कहिल्यै केही कुराको अभाव भएन । दिदिको ७ बर्षको सानै उमेरमा विवाह भयो । म घरकी कान्छी छोरी पुल्पुलिएर हुर्के । मेरो जन्म गुरुङ समुदायमा भएकोले होला पढ्नु पर्छ भन्ने समाज नै थिएन । तर मेरो बुवाआमाको छोरा नभएकाले बुवा मलाई तिमि हाम्रो घरको छोरा हउ परिवारको खम्बा हउ भन्नु हुन्थो । छोरी लाई पढाउन हुन्न पोइला जान्छे भन्ने मेरो समाजमा म विद्यालय पढ्न जाँदा मेरा वुवाआमाले समाज र छिमेकीका धेरै कुरा सुन्न पर्यो । म त्यहि समाज हुर्के । मैले एस.एलसी दिदाँ हामी जम्मा ३ जना महिला थियौँ । मैलै त्यसै समयमा सोचेको थिए, म महिला र देशको लागी केही गर्छु भनेर । समय बित्दै गयो मेरो विवाह पनि भयो । मेरो श्रीमान बिट्रिस लाउरे हुनुहुन्थो । म पछि श्रीमानसँगै युके गए । लगभग १२। १३ बर्ष विदेश बसे । विदेश बस्दा त्यहाँको विकास, शिक्षा ,स्वास्थ्य र महिलाको अवस्था नजिक बाट देख्ने अवसर पाए । म आमा पनि हुँ । अहिले छोराछोरी सबै आफ्नो खुट्टा उभिएका छन् । मेरा परिवारका सबै सदस्य युकेमै छन् ।

मेरो राजनीतिक पृष्ठभूमिको कुरा गर्नुपर्दा त्यस्तो केही इतिहास छैन । म बिचबिच मा समय मिलाएर नेपाल आइरहन्थे । विभिन्न संघसस्थामा आबद्ध पनि थिए । समाजसेवा मेरो रुचि हो । विभिन्न संघसस्थामा आबद्ध हुदाँ धेरै ब्यक्रि अनि महिला दिदिबहिनी सँग भेट हुन्थो । गत वैशाख ३० गते स्थानिय चुनाव सम्पन्न भएसगै आउदो मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्ने मन्त्रिपरिषद्धले निणर्य गर्यो । त्यसपछि म चुनावी तयारीमा लागे । विभिन्न राजनितिक दलसगँको छलफल पश्चात म कास्की क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार दिएकी छु । म अब मेरो बाँकी सबै समय राष्ट्रको नाम सुम्पिएकी छु । अहिले युकेको कार्ड परित्याग गरेर नेपालमा छु । चुनाव मा होमिएकी छु ।

तपाई देशको लागि कहि गर्छु भनेर युकेको कार्ड परित्याग गरे भन्नु भयो । देशमा स्वतन्त्रको लहर थियो । स्वतन्त्रबाट उठ्न के ले रोक्यो र जसपासँग आबद्ध हुनुभयो ?

देशमा दलिय ब्यबस्था छ । यो हामी सबैले बुझ्नु आवश्यक पनि छ । र मान्छे कहिल्यै स्वतन्त्र हुदैँन । यो मेरो धारण हो । सबै सहमत हुनुपर्छ म भन्दिन् । र र¥हयो जसपासँग आबद्ध हुनुको कुरा म जसपासँग आबद्ध नहुदैँ मैले अरु राजनितिक दलका ब्यक्रि सगँ छलफल नगरेको होइन । उनीहरुले महिलाहरुलाई हेर्ने दृष्टिकोणमा मैले आकाश र पातालको फरक पाए । कति मान्छेको सोच र विचारप्रति दया पनि जाग्यो । समाजका ठुला भनाउदा ब्यक्रिका कुरा सुन्दा २१ औँ शताब्दीमा पनि हाम्रो देशमा महिला लाई कुन रुपमा हेरिदो रैछ म आफैले महसुस गरे । मेरो सोच ,विचार र सिद्धान्त जसपासँग मिल्यो । र जसपाले मलाई उम्मेदवार उठायो ।

आजको दिनमा तपाईले नेपालमा देख्नुभएको समस्या के हो ?

राष्ट्रको उत्पादनशिल वर्ग नै युवा ,युवा नै देश भित्र छैनन् । हरेक बर्ष बाहिरिनु बाध्यता छ । आर्थिक उन्नति गर्ने जनशक्ति नै बिदेशमा छ ।आर्थिक समस्या प्रमुख समस्या हो अनि बेरोजगारी । आत्मनिर्भरता छैन । यो सबै चिर्ने मेरो शुत्र टुरिजम हो । सबै भन्दा बढी रोजगारी सिर्जना गर्ने नै टुरिजम ,नेपाल लाई बिदेशमा प्रबद्धन गर्ने नि टुरिजम, त्यसैले नेपालको समस्याको समाधान नै टुरिजम हो ।

लामो राजनितिक इतिहास र अनुभवी व्यक्तित्वसँग तपाईको मुख्य प्रतिश्पर्धा देखिन्छ । तपाईका जित्ने आधार केके हुन् ?

म स्वच्छ प्रतिश्पर्धामा विश्वास गर्ने ब्यक्रि हुँ । हामीले उठाएको एजेन्डा नै देशको एजेन्डा बनेको छ । कास्कीका मतदाताले राम्रोसँग चिन्नुहुन्छ मलाई विश्वास छ । महिलालाई उद्यममा प्रोत्साहन गर्ने, पर्यटनको विकास, महिला सशक्तीकरण गर्ने, लैंगिक समानता कायम गर्ने, मजदूर, महिला हिंसालाई अन्त्य गर्ने, पिछडिएका वर्गको उत्थान गर्ने मेरो प्रतिबद्धता छ ।

तपाईका आम मतदाता के अपिल गर्नुहुन्छ ?

मेरो क्षेत्रका मतदाता मेरो काम, लामो समयदेखि समाजसेवा, पार्टीको एजेन्डा, मेरो भूमिकासँग परिचित हुनुहुन्छ । मंसिर ४ गते यहाँहरुले आफ्नो मतको सहि सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।