आज २५ डिसेम्बर । ईसाइ धर्मावलम्बीको महान पर्व ख्रीष्टमश विश्वभरनै धुमधामले मनाइन्छ । पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ । पोखराका होटल, रेष्टुराँ सिँगारिएका छन् । ख्रीष्टमश इभ मनाउन होटलको अकुपेन्शी पनि भरिएको छ ।
पोखरेली ख्रीष्टीयन समुदायले येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा मनाउँदै आएको ख्रीष्टमश महोत्सव यसपालि धुमधामले मनाउँदै छ । भोलि २६ डिसेम्बर मंगलबार पोखरा ९ स्थित प्रदर्शनी केन्द्रमा ‘ख्रीष्टमश महोत्सव—२०८०’ आयोजना गरिएको छ ।
महोत्सव र ख्रीष्टीयन समुदाय साथै धर्मनिरपेक्षता लगायत ख्रीष्टीयन समुदायको विविध विषयमा पोखरेली ख्रीष्टीयन समुदायका महासचिव तथा महोत्सव संयोजक सञ्जिप थापा मगरसँग एभरेस्ट एफ एम को “पेटबोली” कार्यक्रममा गरिएको कुराकानीको सम्पादीत अंश :
विश्वभर नै ख्रीष्टमश धुमधामसँग मनाइन्छ । नेपालमा पनि अहिले मनाइन्छ । पोखरेली ख्रीष्टीयन समुदायले ख्रीष्टमश कसरी मनाउँदै आएको छ ? चर्च चर्चमा छुट्टाछुट्टै मनाउने होकि ? एकै ठाउँमा मनाउनुहुन्छ ?
२५ डिसेम्बरको दिनमा आ—आफ्नै चर्चमा मनाउँछौँ । २६ तारिख मंगलबार हामी संयुक्त, पोखरा÷लेखनाथ सबै मिलेर मनाउँछौँ ।
पहिलोचोटी सँगै भएर मनाउन लाग्नु भएको हो ?
प्राय हामी हरेक वर्ष गछौँ । यो पटक चाहिँ पोखरा प्रदर्शनी केन्द्रमा गर्दैछौँ ।
अलि वृहत गर्न लाग्नु भएको हो यसपालि ?
हजुर, यसपालि अलि वृहत हुँदै छ ।
यो बेलामा पोखरामा मेलामहोत्सव आयोजना भइरहन्छ । त्यही बेलामा तपाईँहरूले पनि महोत्सव गर्नुको खास उद्देश्य चाहिँ के हो ?
यसपालि वृहत गर्नुपर्ने कारण पवित्र धर्मशास्त्र बाइबल लुका — २ को ११ अनुसार सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिस सत्संगमा पर्छ तिनीहरूलाई शान्ति । यो शान्तिको सन्देश एकले अर्कालाई भाइचारा बाँड्दै, एकले अर्कोलाई प्रदान गर्नको लागि यो महोत्सव आयोजना गरेका हौँ । शुभकामना आदानप्रदान गर्न, गे टुगेदर गर्नका लागि महोत्सव आयोजना गरेका हौँ ।
महोत्सव भन्ने बित्तिकै किनमेल गर्ने भन्ने बुझाइ पनि हुन्छ । तर, जमघट भएर आपसमा भाइचार बाँड्ने हामीले सोचेका छौँ ।
महोत्सवमा अरू के के हुन्छ त ?
हाम्रोमा गीत÷संगीत, माननीय ज्यूहरू आउनुहुन्छ । उहाँहरूबाट शुभकामना आदानप्रदान ।
को को माननीय ज्यूहरू आउँदै हुनुहुन्छ ?
गण्डकी प्रदेशका पूर्व माननीय मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी प्रदेश सभाका प्रमुख सचेतक खगराज अधिकारी ज्यू आउनुहुन्छ । प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय सांसद ज्यूहरूलाई हामीले निमन्त्रण गरेका छौँ ।
थप गतिविधि के हुन्छ ?
गतिविधिमा शुभकामना आदानप्रदान त भइहाल्यो । थप गतिविधिमा गीत÷संगीत, नृत्यका कार्यक्रम छ । राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो प्रस्तुती राख्नुहुनेछ ।
को को कलाकार आउँदै हुनुहुन्छ ?
कलाकारमा कर्णदास ज्यू मुख्य आकर्षण हुनुहुन्छ । अरू स्थानीय कलाकार व्याण्डको प्रस्तुती रहने छ ।
कार्यक्रम स—शुल्क गर्न लाग्नु भएको होकि रु निशुल्क हो ?
यो निशुल्क कार्यक्रम हो । प्रवेश निशुल्क हो । अरू स्टलमा राखिएका खानेकुराका लागि शुल्क लाग्छ ।
तपाईँहरू भव्य कार्यक्रमको तयारीमा जुट्नु भएको छ । पर्यटन तथा संस्कृति मन्त्री ख्रीष्टीयन समुदायकै कार्यक्रममा बोल्नु भएको अभिव्यक्ति भाइरल भइरहेको छ । बिबादित भइरहेको छ । अभिव्यक्तिले गर्दा पुत्ला दहन हुने अवस्था पनि सिर्जना भयो । त्यसले तपाईँहरूलाई सजिलो बनाइरहेको छ कि गाह्रो भइरहेको छ ?
कहिकतै त अप्ठ्यारो महसुस भएको छ उहाँको अभिव्यक्तिले । तर, सरसर्ती हेर्दा त्यस्तो नराम्रो उहाँले भन्नु भएको त मैले केही पनि देखिनँ ।
तपाईँहरूलाई यहाँ प्रशासनले पनि अलि बढी निगरानी बढाएको छ होइन ? महोत्सव पनि हुन नदिने कि नदिने धरमर छ भन्ने सुन्नमा आएको थियो । कुरा के हो ?
हो । मन्त्री ज्यूको अभिव्यक्तिको साइड इफेक्ट पनि होला । आज हामी उहाँहरूसँग अन्तिमचोटी बसेर सल्टाउँदै छौँ ।
उहाँले बोल्नु भएको नि अलि बढी चर्चामा रहेको अभिव्यक्ति ‘ख्रीष्टीयन’लाई मान्दिनॅं भन्नु, संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने हो । जेल हाल्ने हो’ म ख्रीष्टीयन नभएकै कारण जेल हाल्ने हो भने हालेर देखाउन चुनौती पनि आइरहेको छ । यसमा तपाईँको राय के छ ?
व्यक्ति समुदायलाई भन्दा पनि हामी नेपालमा चार जात छत्तिस वर्ण छौँ । त्यसकारण सबै मिलेर बस्नुपर्छ । ख्रीष्टीयनहरूलाई त्यो खालको व्यवहार नगरियोस् । सबै सद्भावमा बसौँ । कसैले कसैलाई नमान्ने नगरौँ भन्ने लाग्छ मेरो व्यक्तिगत धारणा ।
तर, उहाँको अभिव्यक्तिको शैलीले त्यस्तो अर्थ लाग्न गएको हो कि ?
त्यो हुन सक्छ ।
तपाईँले भन्नुभएको डिप्लोमेटिक भयो । उहाँको शैली सुन्दा÷हेर्दा त अलि आक्रामक छ नि हैन र ?
त्यो शैलीले, त्यो बुझाइले गाह्रो भएको सत्य हो । यहाँकै मिडिया मार्फत हामी नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवा जति छौँ । हामी एकतामा छौँ । मिलेर बसेका छौँ । यो भन्दा अघि पनि यस्ता धेरै अभिव्यक्ति आएका छन् । जुन हाम्रो विरूद्धमा आएका छन् । हामी त्यसको विरोधमा जाँदा पनि जाँदैनौँ । त्यो सकिइसक्यो ।
अहिले माननीय ज्यूले दिनु भएको अभिव्यक्तिले आघात पुगेको छ भने हामी समग्र ख्रीष्टीयन समुदायले आममाफी माग्छौँ । हामी जो छौँ । मिलेरै बस्छौँ ।
उहाँ अलि बढी बहकिनु भयो कि रु तपाईँलाई के लाग्छ ?
त्यो पनि हुन सक्छ । तर, यहाँहरूकै मिडियामार्फत म फेरि पनि भन्छु — हामी नेपालीहरू मिलेर बसौँ । एकआपसमा सद्भाव कायम राखौँ । हामीले पनि कसैको विरोध गरेका छैनौँ । गर्दैनौँ । गर्नु हुन्न ।
बाइबल पढेर बुझेको मान्छेले असहिष्णु अभिव्यक्ति दिँदैन । तर, कहिलेकाही पास्टरको कुरा पनि असहिष्णु सुनिन्छ । पण्डितको पनि सुनिन्छ सुन्न त, यस विषयमा तपाईँ केही भन्नुहुन्छ ?
हामी असहिष्णु बन्नु हुँदैन । कसैले गर्छ भने त्यो गलत हो । त्यसले हाम्रो समाजलाई राम्रो गर्दैन । तर, कहिकतै तपाईँले भन्नु भए जस्तै हामी सतप्रतिशत सही छौँ भन्न खोजेको होइन । कोही कसैले गरेको हुन सक्छ । तर, नबुझेर अञ्जानमा पनि भएको हुन सक्छ । हाम्रो संस्थागत मनशाय त्यो छैन ।
ख्रीष्टीयन समुदायले धर्म परिवर्तन गराउँछ भनेर बेलाबेलामा कुरा उठीरहेको हुन्छ । तपाईँहरु धर्म परिवर्तन गराउनु हुन्छ ?
होइन । यो पनि मेरो बुझाइमा गलत हो । किनभने, कसैले पनि कसैको धर्म परिवर्तन गराउन मिल्दैन ।
सत्य के हो त ?
सत्य त मान्छेले आफैँ बुझेर आउँछ भने त्यसलाई धर्म परिवर्तन गरायो भनेर भन्न मिल्दैन ।
हाम्रो संविधानले पनि धर्म परिवर्तनलाई जघन्य अपराध मानेको छ । यदी, धर्म परिवर्तन गराउनुभएको होइन भने २०७८ को जनगणनामा ख्रीष्टीयन धर्म मान्नेको संख्या बढेको छ नि १
जनगणनामा हाम्रो संख्या बढेको छ । तर, सत्यतथ्य तथ्यांक बाहिर आएको छैन । तर हुनुपर्ने जति आएको छैन । हाम्रो जति चर्च छ । चर्चमा जति सदस्य हुनुहुन्छ । त्यो जति आएन ।
संख्या बढेको छ भन्नु नै एउटा धर्म मानिरहेको समुदायले अर्को धर्म मान्न थाल्यो भनेको हो नि ! होइन त ?
देखिँदा बाहिरबाट त्यस्तो देखिन्छ । तर, वास्तवमा भन्ने हो भने त्यो मान्छेको जीवन परिवर्तनको एउटा प्रक्रिया हो ।
मान्छेहरू धर्म परिवर्तनका लागि विभिन्न अभियान चलाउँछन् । विदेशी डलर खाने गरेको आरोप पनि छ नि ? चर्चलाई डलर कति आउँछ ?
म चर्चको पास्टर, त्यो समुदायको हुँ । तर, अहिलेसम्म त्यसरी आएको रेकर्ड छैन मेरो बुझाइमा । हाम्रो बैंक विवरण पनि जाँच्न सक्नुहुन्छ ।
यस्तो आरोपबारे त तपाईँ जानकार हुनुहुन्छ नि ?
त्यो त थाहा छ । मलाई नै कति साथीहरूले आउँछ रे नि ? मैले हाम्रो चर्चमा आउनुहोस् । के छ हेर्नुहोस् भन्ने गरेको छु ।
तपाईँ कति वर्ष भयो ख्रीष्टीयन हुनुभएको ?
म २५ वर्ष भयो ।
पहिला हिन्दु नै हुनुहुन्थ्यो रु कसरी परिवर्तन हुनुभयो त ?
हो । पहिला म हिन्दु नै थिएँ ।
म बिरामी थिएँ । मेरो परिवारमा बुवा एकदमै धार्मिक व्यक्ति हुनुहुन्थ्यो । उहाँले पढ्ने रामायण मैले पनि पढेको छु । मन्त्र पनि आउथ्यो केही ।
भन्न हुन्न भन्ने जडशुत्रबादी पाखण्ड होकि साच्चिकै बिर्सनु भएको हो ?
मैले बिर्सेको हो । हाम्रोतिर एक प्रकारको झार हुन्छ । भलायो भन्छन् । त्यो लाग्दा फुकाउने मन्त्र सिकाउनु भएको थियो बुवाले । धेरै अगाडि । म १२÷१३ वर्षको थिएँ होला १ त्यसले फुक्दा निको हुन्थ्यो ।
त्यसपछाडि म बिरामी भएँ । एकदमै ठूलो बिरामी परे । बिरामी परिसकेपछि, मेरो घर पूर्वमा हो । पाँचथर । पूर्वमा प्रचलित पाथीभरा, माइखोला सम्पूर्ण देवीदेवता पूजा गरेर मेरो बुवाले सबैथोक धाएर खर्च गर्नुभयो । तर, मेरो रोग निको भएन । म त्यतिखेर १३÷१४ वर्षको थिएँ ।
अन्तिममा आएर के उपाय लगाइयो भने म मगर समुदायको मान्छे । हाम्रो समुदायमा धामी÷झाक्रीँ हुन्छ । सबै हेरियो । मेरो पुर्खाहरू अरिंगाल डढाउने क्रममा लडेर मरेको हुनाले त्यसको आत्मा, म कान्छो हुँ । कान्छोमा आएको छ । यसको केही उपाय छैन । यो चाँडै मर्छ । त्यसकारण जे इच्छा लाग्छ गर्न देउ भनेर धामीले भन्नुभयो ।
त्यो दिन मलाई एउटा प्रश्न आयो — मेरो जीवन त भर्खर शुरू हुँदै छ । म अहिले नै मर्ने भए, किन जन्मे त रु म मरेपछि कहाँ जान्छु त रु मलाई जन्माउने भगवानले नै मलाई बचाउँदैन भने साँचो ईश्वर चाहिँ को छ त रु
केही समयपछि मैले जिजशको बारेमा लेखिएको ट्र्याक्स भन्छ, त्यो मैले पाएँ । त्यसमा कसैलाई कुनै रोग लागेको छ भने यो प्रार्थना ग¥यो भने निको हुन्छ भनेर लेखिएको थियो । त्यो दिन मैले यदी येशू तपाईँ साँचो ईश्वर हो भने मलाई निको पार्नुस् । अनि म तपाईँलाई पच्छ्याउँछु । भनेर प्रार्थना गरेँ । वास्तवमै म दुईतीन दिनमै निको भएँ ।
यो त धर्म परिवर्तन गर्नेहरूको कुरा भयो । अब किड्नीको बिरामीले चर्चमा गएर पाठ गरेर निको हुन्छ त ?
यस्तो हो — शारीरिक दुःखका लागि हामी मेडिकल प्रयोग गछौँ । तर, आध्यात्मिक शान्तिका लागि त हामीले पाठ गर्ने गछौँ ।
धेरैले भन्ने गर्छन् कसरी हुन्छ ? यसबारे थप प्रष्ट पार्दिनोस् न ? कोभिडको बेलामा पन एकजना पास्टर अपवाह फैलाएको भनेर गिरफ्तारै भएका थिए नि ?
आध्यात्मिक शान्तिका लागि । जस्तै : कुनै रोग डाक्टरले पनि निको पार्न नसक्ने हुन्छ । औषधि उपचार ग¥यौँ । तर, निको हुँदैन । विशेष गरी आत्मा चढेको, पितृ चढेको हुन्छ । त्यो चाहिँ निको हुन्छ । त्यो सबै प्रार्थनाबाट प्राप्त भएको हुन्छ । प्रार्थनामा त्यति धेरै शक्ति छ भन्ने विश्वास गर्छौँ ।
अन्तिममा केही भन्नु छ कि ?
अन्तिममा सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ, दिदीबहिनीलाई ख्रीष्टमशको शुभकामना । पुस १० गते (२६ डिसेम्बर मंगलबार) पोखरा प्रदर्शनी केन्द्रमा पायक पर्नुहुने सम्पूर्ण पोखरेली दाजुभाइ, दिदीबहिनी, बुवाआमा पाल्नुहोला, भन्न चाहन्छु ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।