अनौठो: कुमारी गुफा


     रामबहादुर बानियाँ     
     वैशाख २३ गते २०८१ मा प्रकाशित




बानियाँ  कुमारी गुफा ,परपुरुषको छायाँ समेत नपरोस भनेर स्नानानादी गरेर एकान्त स्थलमा तपस्यारत सुकुमारी  । अर्थात् कन्चन जलले स्नान गरे पश्चात केश सुकाउन विन्यास गरेर बसेकी नवयौवना  । पोखरा -१६ ,कुरमा रहेको कुमारी गुफा अवलोकनमा केशब बस्नेत दाइ ,जीवन अधिकारि भाई र म भएर गयौं  । गुफाकै गेट नजिक पुग्दा नपुग्दै जितबहादुर बस्नेत दाइ र राजेन्द्र बस्नेत भेटिनुभयो  । गुफा भित्र जित बहादुर दाइ ले मार्गदर्शन गराउनु भयो भने बाहिर राजेन्द्रजी ले सहजीकरण |केशब दाइले टर्चको व्यवस्था गर्नु भयो  ।

गेट बाट भित्र छिरे पछी गुफा २ हाँगामा विभक्त थियो  । पश्चिम तर्फ अलि छोटो गुफा जसको भित्ता र सिलिंगमा चुन बाट बनेका प्रशस्त सुन्दर आकृति देखिन्थे  । पश्चिमको अवलोकन पछी पुर्व दिशा तिर लाग्यौं ,अलि पर गए पछी निहुरिएर हिड्नु पर्ने  । जित बहादुर दाइ भंन्दै हुनुहुन्थ्यो ” जर्मन पर्यटक गुफा अवलोकनमा आउँदा ,मुरारिको छोराको खुट्टामा डोरी बाँधेर सानो प्वालबाट भित्र छिरायो|भित्र ठुलो गुम्बज आकारको गुफा रहेछ भने पछी उस्लाईबिस्तारै डोरी बाट तानेर आफु भित्र गएरअवलोकन गर्यो तत्पश्चात यो सानो प्वाललाई मान्छे छिर्न सक्ने बनाएर खोल्यौं  ।”

हामी निहुरेर भित्र छिर्यौँ ,गुम्बज आकारको गुफा थियो ,छेउ छेउमा ४/५ वटा स -साना सुरुंग थिए  । टर्चको उज्यालोको कारण केहि चमेराहरु सुरुंग भित्र छिरेर अलपिए| सिलिंग र भित्तामा सुन्दर चुन ढुंगा का प्रशस्त आकृतिहरु टलक्क टल्किएका थिए  ।प्रकृति सिर्जित असाध्यै सुन्दर गुफा ,प्रत्येक सुरुंग अर्को गुफा संग जोडिएका र कोहि बाट बाहिर निस्कन सकिन्थ्यो| रणनैतिक दृष्टिले बनाएका बंकर जस्तो  ।

बाटोमा जितबहादुर दाइ र राजेन्द्रले भन्दै हुनुह्नुथ्यो ” अस्ति को ठुलो डढेंलो को कारण आत्तिएक बाघ् ,मृग हरु सुरक्षित स्थलको खोजीमा यहि गुफा भित्र छिरेको आसंका छ ,होसियारी पुर्वक भित्र छिर्नु पर्छ है  ।’ भित्र छिर्दा संकेत दिंदै छिर्यौँ | सायद बाघ मृग हरु ले हाम्रो संकेत लाइ इशारा सम्झेर हामी नछिरेका सुरुंग भित्र छिरेछन कि,कोहि भेटिएनन  । अपूर्व कुमारी गुफा को अवलोकन गरेर फर्कंदा मनमा एउटा सवाल ले घर गरि रह्यो ” साँच्चै हाम्रो यो बस्ती वरिपरिका बन पाखाहरुमा डढेंलो लगाउने अभियान कसले संचालन गरिरहेको छ हँ ? कतै बाँदर आतंकबाट पिडित मानिसहरुले “मर्ता क्या नहीं कर्ता ” भन्ने सोचेर त होइन , सवाल अनुत्तरित छ  ।

छुट्ने बेलामा जितबहादुर दाइ ले भन्दै हुनुहुन्थ्यो ” अर्को अझै सुन्दर गुफामा छिर्न बाँकी छ ,म डोरी को व्यवस्था गर्छु अर्कोएक दिन छिर्नु पर्छ है ” । हवस” भन्दै हामी छुट्टियौं|

लेखक बानियाँ पोखरेली साहित्यकार हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।