पोखरा, जेठ ४
पोखरामा भोलि राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर–१७ र कास्की जिल्ला साइक्लिङ संघको सह–आयोजनामा भोलि पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता आयोजना हुने भएको हो ।
साईक्लिङ खेलको माध्यमबाट खेल पर्यटनको विकास र खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यले हुने साइकल दौड प्रतियोगिता पुरुषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरको हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, नेपालगञ्ज, नेपाल आर्मी, सशस्त्र प्रहरी, प्रहरीलगायतका एक सय भन्दा बढी साईक्लिष्टहरुको सहभागिता रहने उनले बताए । उनका अनुसार प्रतियोगितामा ७० जना प्रतिष्पर्धी र ३० जना रन फर फनका रुपमा सहभागि हुनेछन् । प्रतियोगितामा सहभागिहरुको ५ लाख बराबरको वीमा गरिएको उनले बताए ।
प्रतियोगिता पोखरा–१७ फेवा पावरहाउसबाट शुरु भई दम्सादी, मुसेटुँडा, महतगौडा, फेदीपाटन, खस्र्याङ, निर्मलपोखरीहुँदै पुनः फेदीपाटन भएर पावरहाउसमै पुगेर समापन हुने कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले वार्षिक रुपमा तालिका बनाएर विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको छ । जसमध्ये मुआथाई र व्याडमिन्टन प्रतियोगिता सम्पन्न भइसकेको छ भने फेन्सिङ, रग्वीलगायतका खेलको तयारी भइरहेको समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
प्रतियोगिताले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पोखरा महानगरपालिका वडा नम्बर–१७ की वडाध्यक्ष राधिका शाही योगीले बताईन् । उनले भनिन्,‘खेल पर्यटनका लागि प्रतियोगिता कोशेढुंगा सावित हुनेछ ।’
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १० हजार र पाचौं हुनेले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







