
पोखरा, जेठ २९
अन्तर्राष्ट्रिय बालश्रमबिरुद्धको दिवसको अवसरमा महेन्द्रपुल युथ क्लवले पोखरा–३ नदीपुरस्थित ज्ञानभूमि माविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लवले आज विद्यालयमा एक औपचारिक कार्यक्रम गरेर त्यहाँ अध्ययनरत न्यून वर्ग तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।
आर्थिक अवस्थाका कारण कोहिपनि विद्यालय जानबाट र अध्ययनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक दीपराज थापाले जानकारी दिए ।

क्लवका अध्यक्ष आनन्दकाजी तझ्याको अध्यक्षतामा भएको शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रममा स्थानिय समाजसेवी प्रेम शेरचन, विद्यालयका प्राचार्य विनोदराज सुवेदी, कार्यक्रम संयोजक दीपराज थापा र सुनिल श्रेष्ठ तथा महेन्द्रपुल टोल सुधार समितिका अध्यक्ष विकल साही, महेन्द्रपुल महिला जागरण समूहकी अध्यक्ष सरोजीलीन कायस्थ, महेन्द्रपुल मिसा पुचःकी अध्यक्ष पूण्य लाभाजुलगायत सहभागि थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।