सत्ताच्यूत पछि पहिलो पटक प्रकट भए ओली


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८२ मा प्रकाशित




काठमाडौं, असोज ७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार प्रकट भएका छन् । जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएपछि ओली पहिलो पटक आज प्रकट भएका हुन् । सत्ताच्यूत भएसँगै उनलाई सुरक्षाका लागि नेपाली सेनाले ब्यारेकमा लगेर राखेको थियो ।

आन्दोलन शान्त भएको दश दिनपछि भक्तपुरको गुन्डुस्थित निवासमा डेरा सरेका उनी आज नेता कार्यकर्तासहित सार्वजनिक भएको भिडियो नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले सामाजिक सञ्जाल फेसवुकमा अपलोड गरेका छन् । ओलीलाई भेट्न आज उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।