जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई गम्भीर चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुने बताएका हुन् ।उनले काम गर्न नसके पद छाड्ने बाचा यसअघि नै गरेको भए पनि अहिलेसम्म काम गर्न पनि नसकेको र कुर्सीमा टाँसिएर बसेको हुनाले चुनावमात्रै भनेर बस्ने अवस्था नभएको बताएका छन् । उनले यही अवस्थामा चुनाव हुन पनि नदिइने बताएका छन् ।
“०८४ को चुनाव ०८२ मा सार्नलाई गरिएका आन्दोलन होइन यो,” उनले लेखेका छन्, “नेपाली जनता र जेनजीका मागहरु सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन ।”आज बिहानकै अर्को पोष्टमा पनि गुरुङले गृहमन्त्री अर्यालप्रति आक्रोश पोखेका थिए ।महेश बस्नेतलाई छाडेर निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै गुरुङले गृहमन्त्रीप्रति आक्रोशसहितको प्रश्न गरेका हुन्।
उनले लेखेका छन् निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू, अनि किन निकोलस मात्रै पक्राउ परे, कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो र ।उनले बन्द कोठामा प्रश्न गर्दागर्दा थाकेर आएको अभिव्यक्ति भएको जिकिर गरे। साथै उनले जेनजी आन्दोलन पनि हार्दै गरेको उल्लेख गरे।

यसैबिच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हामी नेपालका संयोजक सुदन गुरुङलाई बोलाएका छन्।हर्कले सुदनलाई आफूसँगै ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका हुन्।उनले सामाजिक सञ्जालमा, सुदन जी कता हुनुहुन्छ, आउनुस् है ढुङ्गा बोकौँ, जय श्रमदान भनी लेखेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






