शिशिर उजाड
पोखरा
पोखरामा शुक्रबारदेखि दैनिक ५ घण्टा विद्युत सेवा अवरुद्ध भएको छ।
पुस २० गतेसम्म विहान ६ देखि ११ बजेसम्म लाइन काटिने प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्नुपर्ने भएकाले दैनिक ५ घण्टा लाइन काटेर मर्मत गरिने केन्द्रका प्रमुख यादवले बताए।योसँगै पोखराका अधिकांस क्षेत्रमा बिहान ५ घण्टा विद्युत अवरुद्ध भएको छ । पछिल्लो समय पोखरामा ग्राहक संख्या बढेसँगै विद्युत खपत र माग पनि बढेकाले अपग्रेडका लागि मर्मत गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
२० गतेसम्म बसबार मर्मत कार्य नसकिए १ दिन थप हुने बताईएको छ । उनका अनुसार उक्त मर्मत कार्य ३ दिन भित्रै सकिने छ।आज बिहान देखि कुँडहर सबस्टेसनबाट सञ्चालित सबै फिडरहरु सटडाउन गरी मर्मत कार्य शुरु गरिएको प्राधिकरण पोखरा बितरण केन्द्र ग्रामिण शाखा इन्चार्ज शोभाकर पौडेलले जानकारी दिए ।
मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुने प्राधिकरणले जनाएको छ । यसबाट उपभोक्तामा पर्न जाने असुविधा प्रति प्राधिकरणले क्षमा याचना गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन शनिबार र आइतबार बिदा…






