मतदाताको विश्वासलाई धोका दिन्न: एमाले उमेद्वार आचार्य


     एभरेस्ट आवाज    
     माघ २० गते २०८२ मा प्रकाशित




कास्की क्षेत्र नं. २ का एमाले उमेद्वार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातालाई भेटी सुझाव संकलन गर्ने कार्यलाई तिब्रता दिएका छन् ।

उनले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर ७ का जनतासँग टोल र बस्तीमा पुगेर आगामी कामका सम्बन्धमा सुझाव संकलन गरेका हुन् । सो वडाका भूमिहीन जनताका सुझाव र गुनासा संकलन गर्ने क्रममा उमेद्वार आचार्यले संविधानले प्रदान गरेको जमिन र आवासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भूमिहीनको समस्या आफ्नो पार्टीले पहिचानसहित समाधान गर्ने योजना बनाएको र सो कुरा विभिन्न राजनीतिक कारणले अपुरो हुन पुगेका अभियान पूरा गर्ने उल्लेख गरे ।

जनताको विश्वासको मतमा धोका नदिने प्रतिबद्धता जनाउँदै,उनले दीर्घकालीन विकासका लागि जनसहभागितामा योजना निर्माणका लागि प्रभावकारी नीति तथा कानुन निर्माण गर्न भूमिका सहित क्षेत्र र स्थानीय विकासका उदाहरणीय काम गर्ने बताए ।सो अवसरमा स्थानीयहरूले भूमिहीनको समस्या समाधानका लागि व्यवस्थित र व्यवहारिक कार्ययोजना एमाले सरकारले नै सुरुवात गरेको आफूहरू स्पष्ट भएको कुरा व्यक्त गरे ।

जनता र राष्ट्र विकासको स्पष्ट नीति, योजना र खाका एमालेसँग भएको प्रतिक्रिया दिँदै स्थानीयले साथमा साथ मिलाउने प्रतिबद्धता समेत जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।