फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं २ का एमाले उम्मेदवार रश्मि आचार्यले पोखरा महानगर पालिका वडा न १७ का जनतासंग टोल टोल टोल र बस्ती पुगेर सुझाव संकलन गरेका छन।
सो क्रममा वडाबासीले योजना सहितको आशा लाग्दो जुझारु युबा उम्मेदवार प्राप्त गर्दा आफुहरू अत्यन्तै खुशी भएको भन्दै आफ्नो टोल क्षेत्रमा गर्नुपर्ने भाबी कामको सुझाव प्रस्तुत गरेका छ्न।देशलाई संकटबाट पार लगाउने क्षमता भएको र समृद्धिको प्रष्ट बिचार लिएर आउनु सकारात्मक रहेको भन्दै आफुहरू बिजय गराउन आतुर भएको प्रतिक्रिया उनीहरुले दिएका छ्न।
मतदाताहरूले आफ्नै ठाउँको स्थानीय उम्मेदवार आचार्य भएको भन्दै आफुहरूको समस्या स्थानीय उम्मेदवारले नै सम्बोधन गर्नेमा आश्वस्त रहेको उल्लेख गरे। सो अवसरमा उम्मेदवार आचार्यले जनताका समस्या र आबश्यकता अनुसार नै प्रतिबद्धता तयार गर्ने उल्लेख गर्दै नीति निर्माण सहित विकास अभियान थप प्रभाबकारी बनाउने तर्फ केन्द्रित हुने भन्दै युवा र उत्पीडितहरूको सधैं साथमा रहेको उल्लेख गरे। इलम र रोजगारमुखी शिक्षा आजको आबश्यकता भएको उल्लेख गर्दै पोखरा र कास्कीको शिक्षा र पर्यटनलाई प्रविधिमुखी बनाउनेतर्फ केन्द्रित हुने उल्लेख गरे।
पर्यटन शिक्षा पोखराको स्थानीय विषय बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले कसैको पनि शिर निहुरिने गरी काम नगर्ने र गौरवपूर्ण बिरासत अझ उँचो बनाउने प्रतिबद्धता प्रकट गरे। आफू यस क्षेत्रका बासिन्दाको समस्यासंग सधैंसंगै रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले आफ्नो विजयको लागि जनसाथ काफी रहने उल्लेख गरे।
स्थानिय नेता कार्यकर्ताहरू सहित जनसाक्षात्कार अभियान मार्फत सुझाव संकलन तिब्र पारेका आचार्यले आफ्नो प्रतिबद्धता र योजना लेख्ने काम सहित कार्यान्वयन समेत जनताको साथले गर्ने उल्लेख गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल प्रिमियर लिग एनपीएलका सम्पूर्ण खेल पोखराको मालेपाटन खेल मैदानमा निःशुल्क प्रत्यक्ष…







