नेकपा एमाले क्षेत्र नं. २ का उमेद्वार रश्मि आचार्यले पोखराको शहरी र ग्रामीण क्षेत्रबीच सन्तुलित विकास गर्न ‘लिङ्क पोखरा’ को परिकल्पना गरिएको बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं। ७ मा निर्वाचन सम्पर्क कार्यालयको स्थापना पछि आयोजित कार्यक्रममा उनले ‘लिङ्क पोखरा’ एक दीर्घकालीन मास्टर प्लान हुने र यसले ग्रामीण र शहरी क्षेत्रबीच स्थानीयवासी तथा पर्यटकको आवत–जावत बढाउँदै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्पष्ट पारे । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य रहेको बताउँदै उमेद्वार आचार्यले पर्यटनको राजधानी पोखरालाई अझ बढी पर्यटक आकर्षित गर्ने शहरका रूपमा विकास गर्न आफू केन्द्रित रहने उल्लेख गरे ।
एमाले नेतृ सीता गिरी ओलीले युवा नेता आचार्य यस क्षेत्रकै भरोषा भएको आन्दोलन, शिक्षा, बौद्धिकता र इमान्दारी उम्मेदवार भएको बताईन । कार्यालयको स्थानीय नव युवाहरूले मतदान गर्दै शुभारम्भ गरे ।नव युवा सुकर्ण पौडेल, सुक्रान्त पौडेल, परिवेश रेग्मी लगायतले विगतका कामको मूल्यांकन गर्दै अधुरा योजनालाई पूर्णता दिन र नयाँ, व्यवस्थित नीति अघि बढाउन उम्मेदवार आचार्यलाई सुझाव दिएका थिए।
वडा कमिटीका अध्यक्ष अनिल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दीपकजंग कार्की र सञ्चालन सचिव अर्जुन थापाले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






