मुनश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस, भान्सीलाई दोहोरो स्वर्ण, प्रतियोगिता जारी


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०८३ मा प्रकाशित




पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक जितेकी हुन् ।प्रतियोगिता अन्तर्गत यू८ र यू९ गर्ल्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले काश्य पदकका साथ गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै ब्वाइज यू८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत तथा अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले रजत पदक जिते ।

यू८ तर्फ प्रतियोगितामा सहभागिता जनाएकी लु सिआनलाई कास्की जिल्ला टेनिस संघले पदक, प्रमाणपत्र र गिफ्ट ह्याम्परसहित सम्मान गरेको छ । उनी ५ वर्षकी हुन् । यस्तै यू ९तर्फ गर्ल्समा भान्सीले स्वर्ण पदक जितिन् भने मिलिवाना लावतले रजत तथा सेजल राना मगरले रजत पदक जितिन् । जारी प्रतियोगिता यू १८ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्य फाइनलमा एक अर्काको सामना गर्नेछन् । दर्शिलले सेमीफाइनलमा स्पन्दन उदासलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा शास्वतले सुरेन्द्र विकलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरे ।

यसै गरी यू–१६ गर्ल्सतर्फ ऐरा खत्री र शोरा थापा फाइनलमा स्थान पक्का गरेका छन् । आइतबार भएको सेमीफाइनलमा ऐराले शाल्भी शेरचनलाई एक संघर्षपूर्ण खेलमा पराजित गरिन् । उनले ६–१, २–६ र ६–० ले पराजित गरेकी हुन् । त्यस्तै शोराले आरुषी तुलाचनलाई ६–०, ६–० ले पाखा लगाइन् । बैशाख ८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित ९० खेलाडीको सहभागिता रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।