युनाइटेड क्लब, पोखराले वडा नं १५ मा रहेको सिद्द माविमा अक्षयकोष स्थापना गरेको छ ।
वडा भित्रका गरिब, बिपन्न परिवारका बालबालिका पढ्न तथा विद्यालयको समग्र शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्धेश्यले ५५ हजार ५सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष लोक वहादुर थापाले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालालाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा अग्रणी संस्था युनाइटेड क्लबले गरेको सहयोग अतुलनिय रहेको बताए । क्लबका अध्यक्ष थापाले विद्यालयमा विद्यार्थीको शैक्षिक आर्कषण बढाउन सानो सहयोगले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरे ।
कार्यक्रमको सहजिकरण गरेका समाजसेवी माधव प्रसाद गौतम र राजेन्द्र थापाले सहयोग प्रति संस्थालाई आभार व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी…







