गण्डकी, २६ माघ
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको जानकी माध्यमिक विद्यालयमा स्थानीय जागरण आमा समुहले अक्षयकोष स्थापना गरेको छ । विद्यालयको ४८ औ बार्षिकोत्सवको अवसरमा आमा समुहले ५१ हजारको अक्षयकोष स्थापना गरेको हो ।
नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारमा खेलिएको भैलो तथा टोलछिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलन गरेको रकमबाट समुहले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका विद्यार्थीको पढाईमा सहयोग पु¥याउने लक्ष्यका साथ अक्षयकोष स्थापना गरिएको समुहका निवर्तमान अध्यक्ष शोभा भण्डारीले जानकारी दिए ।
बार्षिकोत्सव समारोहमा आमा समुहका पदाधिकारी तथा सदस्यहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई उक्त रकम बरावरको चेक सामुहिकरुपमा हस्तान्तरण गरे । सो समुहले सिताघाट बाटो निर्माण समितिलाई २० हजार ५५ रुपैया सहयोग गरेको उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बास्तोलाले अक्षयकोषको चेक ग्रहण गर्दै सामुदायिक विद्यँलयको सुधार केवल सरकारको जिम्मा होइन, समुदायको पनि साझा जिम्मेवारी भएको बताउँदै आमा समुहको यो योगदान हामी सवैका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरे ।
सामुदायिक विद्यँलयमा पढ्ने धेरै विद्यार्थीहरु दैनिकी जीवनका संघर्षसंग लड्दै अध्ययन गर्न वाध्ये छन् उनले भने, कसैका लागि किताव किन्न पनि कठिन छ, कसैका लागि विद्यालय पुग्नै चुनौती बन्ने गरेको वर्तमान अवस्थामा छात्रवृत्तिकोष स्थापनाले उनीहरुका लागि केवल आर्थिक सहयोग होइन, पढाईलाई निरन्तरता दिने साहस र आत्मविश्वास थपेको छ ।
सो विद्यालयमा आमा समुहको सहित विभिन्न संघसंस्था र सामाजिक व्यक्तिहरुबाट हालसम्म १५ लाख ३८ हजार ९३५ रुपैया बरावरको अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए ।
उहाँका अनुसार यस अघि पोखरा १७ का वडा सदस्य शिवराम भण्डारीले आफुले प्राप्त गरेको एक बर्षको सेवासुविधामा केही रकम थप गरेर दिवंगत वुवा धर्मदत्त र आमा जमुनादेवी भण्डारीको स्मृतिमा पाँच लाख, दुर्गा नरहरी अक्षयकोष एक लाख ११ हजार १११, कोमलनारायण लक्ष्मी एक लाख ११ हजार १११,चुडामणी पार्वती एक लाख १५ हजार ५५५,चुडामणी धर्मकुमारी चालिसे एक लाख २५ हजार ५५५, धनञ्जय नारायणी एक लाखको अक्षयकोष स्थापना गर्नुभएकोछ ।
त्यसैगरि शिविन्द्र सीता,५५ हजार ५५५, गुप्तेश्वर गुफा दुई लाख, ढुङ्केसाँघु सितापाईला आमा समुह,५१ हजार १०५, बिक्रम भण्डारी(छोराको नाममा) २१ हजार, नगेन्द्र लक्ष्मी शर्मा ५५ हजार ५५५, गोमा पराजुली ५० हजार र बाटुली अक्षयकोष ५० हजार पाँच रुपैया एवम् सामुहिक अक्षयकोषमा विभिन्न छ जनाले ३० हजार रुपैया जम्मा गर्नुभएको उहाँको भनाई छ ।
बैकमा व्याजको दर दिनप्रतिदिन कमी आएको कारण अक्षयकोषदाताले राखेको रकमबाट सामान्य व्याज प्राप्त हुने हुँदा सम्पूर्ण कोषको रकम एकै ठाउँमा संकलन गरेर आवश्यकता अनुसार विद्यार्थीको शिक्षा क्षेत्रमा लगानी गर्ने विद्यालयले सोच बनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






