लमजुङको समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाल्फ अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लवको आयोजनामा यही चैत १२ गते हुने प्रतियोगिताको तयारी शुरु गरिएको क्लवका अध्यक्ष बाबुराम मल्लले जानकारी दिए । समुन्द्री सतहदेखि करिब १ हजार ५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष हाल्फ अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष मल्लले बताए । २१ किलोमिटरको दुरीमा हुने सो प्रतियोगितामा प्रथम हुनेले नगद तीस हजार र मेडल, द्वितीय हुनेले नगद बीस हजार र मेडल, तृतीय हुनेले नगद दस हजार र मेडल प्राप्त गर्ने छन् भने तीन जना धावकलाई सान्वना पुरस्कार स्वरूप तीन हजार रुपियाँ र मेडलसहित सम्मान गरिने सचिव इभन जोशीले जानकारी दिए ।
इशानेश्वर महादेव मन्दिर परिसरबाट शुरु हुने दौंड बिभिन्न भागको परिक्रमा गर्दै नाग भैरवथान परिसरमा पुगेर समापन हुने बताईएको छ । निरोगिताको प्रमाणपत्र अनिवार्य गरिएको प्रतियोगितामा सहभागी हुन चैत ११ गतेभित्र नाम दर्ता गराउनुपर्ने क्लवले जनाएको छ । मध्यनेपाल नगरपालिका वडा नंं ५ का वडा अध्यक्ष ओमवीर गुरुङले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण यस ठाउँमा आन्तरिक पर्यटनको सम्भावना बढ्दो रहेको बताए। उनले यसको प्रचार प्रसार गर्न सकेमा यो क्षेत्र पनि एउटा आर्कषक गन्तव्य बन्न सक्ने स्पष्ट पारे। स्थानीयस्तरमा रहेका प्राकृतिक, सांसकृतिक र धार्मिक स्थलहरुको चिनारी गराउने उद्धेश्यले कार्यक्रमकोआयोजना गरिएको सचिव जोशीले जानकारी गराए ।
ऐतिहासिक स्थल तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला,पोखराको फेवाताल तथा अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्य राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






