गोरखाको लुईटेलमा रहेको अमर ज्योति जनता माविका भुतपुर्व विद्यार्थीहरुको भेला पोखरामा सम्पन्न भएको छ ।
सो विद्यालयमा अध्ययन गरी गण्डकी प्रदेश आसपासका क्षेत्रमा रहेका पुर्व विद्यार्थीहरुको भेलाले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज पोखराको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सदस्यहरूमा उमेशचन्द्र देवकोटा, हरि ढकाल, मनोज भट्ट र नरेश देवकोटा चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरु आवश्यकता अनुसार थप गर्न सकिने नवनिर्वाचित संयोजक श्रेष्ठले जानकारी दिए । सोही भेलाले सल्लाहकारहरुमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा र शिवलाल धिताल चयन गरेको छ ।
कार्यक्रमा अमरज्योति पुर्व विद्यार्थी समाज साजाका केन्द्रीय अध्यक्ष ई. कृष्णप्रसाद देवकोटा, महासचिव ई. टोप बहादुर बाँनिया, कोषाध्यक्ष गौतमराज न्यौपाने तथा सदस्य ई.रामशरण आचार्यले प्रदेशमा गठन भएको समितिले विद्यालयको समग्र विकासमा केन्द्रीय समितिसँगको सहकार्यमा अघि बढ्ने बताए । संयोजक कृष्णकुमार श्रेष्ठले विद्यालयको सर्वाङ्गिण विकास र पुर्व विद्यार्थीहरुमा पारिवारिक एवं भावनात्मक सम्वन्ध विकास गर्ने उदेश्यले समाजको गण्डकी शाखा गठन गरिएको जानकारी दिए।
उनले समितिलाई पुर्णता दिई, छिट्टै त्यस क्षेत्रको शैक्षिक तथा भौतिक विकासमा लाग्ने बताए ।देशकै पुरानो विद्यालय अमर ज्योति जनता माविमा अध्ययन गरेका थुप्रै विद्यार्थी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






