पोखरा, चैत १३
एथरको रिज्टा एस पोखरामा पनि सार्वजनिक गरिएको छ । अटोवेज प्रालिले पोखरामा आयोजित ‘नाडा प्रेजेन्ट्स वाडा अटो सो’–स्थलमा रहेको अटोवेजको एथर स्टलमा रिज्टा एस सार्वजनिक गरेको हो । कार्यक्रममा पश्चिमाञ्चल अटो डिलर्स एशोसियसन (वाडा)का अध्यक्ष दीपेन्द्र कोईराला, नाडाका पूर्व अध्यक्ष ध्रुव थापालगायतले रिज्टा एस सार्वजनिक गरेका थिए ।
रिज्टा एस एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नेपाल भित्राएको हो । रिज्टा शृङ्खलालाई एथर एस्योरेन्स प्याकेजद्वारा समर्थन गरिएको छ भने यसले व्याट्रीको विश्वसनीयता, चार्जिङ पहुँच र स्वामित्व खर्चलाई एकीकृत गर्दै विद्युतीय सवारी स्वामित्वलाई सरल, पूर्वानुमान योग्य र भरपर्दो बनाउने लक्ष्य राखेको जनाइएको छ ।
रिज्टा एस प्रत्येक नेपाली परिवारका लागि विद्युतीय गतिशीलतालाई सरल, व्यवहारिक र पहुँचयोग्य बनाउन डिजाइन गरिएको एक स्कुटर भएको वैद्य ईनर्जीले जनाएको छ । यसको विशिष्ट डिजाइन, भरपर्दो प्रदर्शन र एथर एस्योरेन्स प्याकेजले ग्राहकहरूलाई चित्त बुझाउने उसको दाबी छ ।
रिज्टा शृङ्खलामा दुई भेरियन्टहरू रहेको जनाइएको छ । जसमध्ये रिज्टा जेडमा एक पटकको चार्जले १५९ किलोमिटर गुड्छ भने रिज्टा एस १२३ किलोमिटर गुड्छ । दैनिक यात्रीका लागि रिज्टा एस उपयुक्त हुने एथर पोखराकी सन्ध्या पौडेलले जानकारी दिईन् । यो प्रति घण्टा ८० किलोमिटरसम्म गुड्ने उनले बताईन् ।
वास्तविक जीवनको प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको रिज्टा एसमा फराकिलो सिट, प्रशस्त फुटबोर्ड स्पेस र ठूलो भण्डारण क्षमता रहेको छ, जसले यसलाई नेपाली यात्रीहरूका लागि सहरका सडकदेखि ग्रामीण बाटोसम्मका दैनिक यात्रामा उपयुक्त बनाउँछ ।
सुरक्षाका लागि अटो होल्ड, फल सेफ, र आपतकालीन स्टप सिग्नल जस्ता सुविधाहरू समावेश गरिएको छ, जसले नेपालका विविध भौगोलिक अवस्थाहरू र व्यस्त ट्राफिकमा सवारी चलाउँदा आत्मविश्वास बढाउने जनाइएको छ ।
चार्जिङ पूर्वाधारमा एथरले नेपालभर रणनीतिक स्थानहरूमा ३५ सार्वजनिक द्रुत चार्जरहरू स्थापना गरेको जनाइएको छ । यसले काठमाडौं–पोखरा वा काठमाडौं–चितवन जस्ता लामो यात्रामा हिंड्दा पनि सहज हुनेछ । हाल ग्राहकहरूलाई एथर ग्रिड द्रुत चार्जिङ स्टेसनहरूमा १ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराइएको छ ।
एथर रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९०० नेपाली रुपैयाँ निर्धारण गरिएको छ । वैद्य इनर्जीले पहिलो १५० ग्राहकहरूका लागि २० हजार छुट दिने जनाएको छ भने पोखरामा खरिद गर्दा पनि सो छुट प्राप्त हुने पौडेलले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






