पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।
कक्षा ११ का विद्यार्थीले संयोजन गरेको कार्यक्रमको प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो अवधिले अगाामि दिनमा अघि बढ्न थप उर्जा मिल्ने बताए ।‘युवाले अहिलेको उर्जाशिल समयलाई उपयोग गरेर भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छ,’ पौडेलले भने, ‘सफलताको लागि अनुशासन पनि चाहिन्छ ।’ अध्यक्ष पौडेलले बेलैमा आफ्नो महत्व बुुझ्न नसके अहिलेको उर्जा भविश्यमा कमजोर हुँदै जाने पनि बताए । अहिलेको प्रतिश्पर्धाले भोलिको भविश्य निर्धारण गर्ने पनि उनले बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले सफलताको यात्रामा अगाडि बढ्नका लागि विद्यार्थीलाई हौसला आवश्यक रहेको बताए । सापकोटाले प्रतिभाका विद्यार्थीमा सबैखाले आत्मविश्वास रहेको बताए । पछिल्लो वर्ष विद्यालयका विद्यार्थीले विभिन्न क्षेत्रमा प्रतिभा देखाएर विद्यालयका लागि मात्र नभई सिंगो पोखराको शैक्षिक क्षेत्रका लागि गुन लगाएको प्राचार्य सापकोटाले बताए । सिंगो देशका लागि स्वर्ण पदक भित्र्याउने विद्यार्थी उत्पादन गर्न विद्यालय सफल भएको सापकोटाले बताए । प्राचार्य सापकोटाले जिवनमा जति नै सुकै ठूलो पदमा पुगेपनि आमाबाबु, जन्मथलो र विद्यालयलाई नबिर्सन विद्यार्थीलाई सुझाव पनि दिए । प्रतिभा माविलाई देशकै अब्बल शैक्षिक संस्था बनाउनका लागि विद्यार्थीले राजदूतको भूमिका निभाएको उनले बताए ।
प्रतिभा माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्यापन हुन्छ । बिदाई कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






