नेपाल गणित समाज गण्डकी प्रदेशको अध्यक्षमा प्राध्यापक राजेश कुमार ठगुराठी चयन भएका छन् ।
समाजको सम्पन्न तेस्रो अधिवेशनले ठगुराठीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्षमा विश्व अधिकारी, सचिवमा डा माधव प्रसाद पौडेल, सहसचिवमा भद्रराज त्रिपाठी, कोषाध्यक्षमा मञ्जु सुवेदी तथा सदस्यहरूमा रमेश आचार्य, ठाकुरप्रसाद पोखरेल, याद अधिकारी, ईश्वरीप्रसाद गौतम, शिवप्रसाद बास्तोला, र गोपाल ढुंगाना निर्वाचित भएका छन्।निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक प्रा डा श्रीराम खड्का तथा सदस्यहरू प्रा डा परमेश्वरी कट्टेल, सहप्रा डा ईश्वरमणी अधिकारी, निवर्तमान अध्यक्ष सह प्रा त्रिभुवन शर्मा र संस्थापक अध्यक्ष प्रा डा कृष्णकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
कार्यक्रममा गणित विषयको अध्ययन, अनुसन्धान तथा समाजको उत्थानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने समाजका संस्थापक अध्यक्ष प्रा डा कृष्णकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । साथै तीन वर्षभित्र विद्यावारिधि सम्पन्न गरेका आजीवन सदस्यहरू डा माधव प्रसाद पौडेल, डा चूडामणि पोखरेल, डा हेमराज पाण्डे, डा महेश्वर पोखरेल, डा बद्री पङ्गेनी, डा भरत वाग्ले र डा खरिका पराजुलीलाई पनि सम्मान गरेको समाजले जनाएको छ । त्यस्तै अनुसन्धानवृत्ति प्राप्त गरी प्रतिवेदन पेश गरेका डा बद्री पङ्गेनीलाई अनुसन्धानवृत्तिको बाँकी रकम प्रदान गरिएको थियो भने यस वर्ष अनुसन्धानवृत्ति प्राप्त गर्ने भद्रराज त्रिपाठीलाई वृत्तिको पहिलो किस्ता प्रदान गरिएको थियो।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी समाजका केन्द्रीय समितिका सभापति प्रा डा श्रीराम खड्का,उपसभापति प्रा। डा। परमेश्वरी कट्टेल र समाजका गण्डकी प्रदेश अध्यक्ष सह(प्राध्यापक त्रिभुवन शर्माले सम्मान गरे । यसअघि अधिवेशनको उद्घाटन गर्दै समाज केन्द्रीय समितिका सभापति प्रा डा श्रीराम खड्काले बद्लिदो परिस्थिती अनुसार गणित बिषयको शिक्षण सिकाईलाई पनि परिस्कृत गर्नुपर्नेमा जोड दिए । समाजका अध्यक्ष सह प्राध्यापक त्रिभुवन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपसभापति प्रा डा परमेश्वरी कट्टेल, समाजका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष प्रा डा कृष्णकुमार श्रेष्ठ, सल्लाहकारहरू सह प्रा डा नमोनारायण झा, सहप्रा डा ईश्वरमणी अधिकारी, परिषद् कास्कीका अध्यक्ष खगेन्द्र बराल,पृथ्वीनारायण क्याम्पस गणित विभागका विभागीय प्रमुख शिवप्रसाद बास्तोला,पृथ्वीनारायण क्याम्पसका सहायक प्राचार्य महेश्वर पोखरेललगायतले गणित विषयको संरक्षण तथा गणितसँग सम्बन्धित गतिविधिहरूमा सहकार्य आवश्यक रहेको औंल्याए ।

गण्डकी प्रदेश समितिका अध्यक्ष सह प्रा शर्माले निवर्तमान कार्यसमितिमा रहँदा भोगेका उतार चढावबारे चर्चा गर्दै टोलीमा रहेर काम गर्दा आफ्नो कार्यकाल स्मरणीय रहेको अनुभव सुनाए । समाजका सचिव विश्व अधिकारी र कोषाध्यक्ष डा माधव प्रसाद पौडेलले पेश गरेका छुट्टाछुट्टै प्रतिवेदन अधिवेशनले पारित समेत गरेको छ । कार्यक्रममा समाजका उपाध्यक्ष प्रा राजेश कुमार ठगुराठीले स्वागत संचालन विश्व अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






