पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको सहारा बाल आधारभूत विद्यालयले २९ औँ वार्षिकोत्सब बिबिध कार्यक्रमसहित मनाएको छ ।
कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । विद्यालयलाई सहयोग गर्ने सपना गुरुङ, हिमश्री फूड्स प्रा।लि।, एल जी एशोसियसन यु।के, नेलम्वो नेपाल, कृष्णटोल आमा समूह, सवि गुरुङ, रक्षा गुरुङ, विनु राना, प्रमिला घले र दिक्षा अधिकारीलाई पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्मान गरे ।अवसर पारी विद्यालयको ऐतिहासिक पृष्ठभूमि समेटेर “शैक्षक दर्पण’’ वडा अध्यक्ष मर्सानीले विमोचन गरे ।मर्सानीले विद्यालयले २९ वर्ष सफलतापूर्वक पार गरि शैक्षिक दर्पण प्रकाशन गरकोमा बधाई व्यक्त गर्दै विद्यालयको टिमले उत्कृष्ट ढंगवाट काम गरेको देख्दा आफू प्रभावित भएको बताउँदै विद्यालयका प्र।अ र अध्यक्षलाई धन्यवाद व्यक्त गरे ।
विद्यालयका अध्यक्ष विक्रम थकालीको अध्यक्षता भएको कार्यक्रममा शिक्षाप्रेमी महेश गुरुङ, शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी, सरस्वती श्रेष्ठ, रुपा के।सी, सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवराज बराल, अक्षयकोष दाता सपना गुरुङ,हिमश्री फूडस् प्रा।लि।का निर्देशक प्रकाश के।सी लगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र गतिबिधि समेटिएको प्रतिबेदन प्रस्तुत गरेकि थिईन् ।
विद्यालयले गत शैक्षिक सत्रमा कक्षा उत्तर्ण विद्यार्थीहरु, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत र विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रबृत्ति समेत वितरण गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १७ पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी…






