पोखरा १३ मा रहेको कमलपोखरी वचत तथा ऋण सहकारी सँस्था लिमिटेडले निशुल्क आँखा परिक्षण, औषधी बितरण एवं रक्त परिक्षण कार्यक्रम गरेको छ।
सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २ सय ८५ जनाको आँखा परिक्षण गरिनुका साथै २ सय २५ जनाको रक्त परिक्षण गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर कुवंरले जानकारी दिए ।यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेत्रज्योति संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले सहकारीले आर्थिक क्रियाकलाप मात्र नगरी सामाजिक स्वास्थ्यका विषयमा पनि ध्यान दिनुपर्ने बताए । उनले उपचार गर्न नसक्ने अबस्था भएका बिरामीलाई हिमालय आँखाअस्पतालले निशुल्क उपचार गरिदिने वताए । संस्थाका अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सत्य युवा क्लवका अध्यक्ष हितमान गुरुङ, शिक्षा उप समिति सदस्य शान्ति देवी केसी,कार्यक्रम संयोजक ईन्द्र बहादुर कुंवर लगायतले सहकारी संस्था सधैं नागरिक कै साथमा रहने बताए ।
संस्थाका सचिव कुमार केसीले संन्चालन गरेको कार्यक्रममा हिमालय आँखा अस्पताल, घारीपाटन एवं शाही हेल्थ क्लिनिक एन्ड प्याथोलोजी सर्भिस, भद्रकालीले प्राविधिक सहयोग गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







