शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय,शैक्षिकसत्र वैशाख १५ बाट


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०८२ मा प्रकाशित




सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । त्यस्तै बैठकले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने निर्णय समेत गरेको छ ।

आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।