पोखरामा माघ दोस्रो साता भएको एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २२ लाख ६५ हजार बचत भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालित सो प्रतियोगितामा १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ आम्दानी भएकोमा सम्पुर्ण खर्च कटाएर २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगितामा १ करोड ३७ लाख ४२ हजार ६ सय १९ रुपैयाँ खर्च भएको कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी टिमको आवास तथा यातायातमा सबैभन्दा बढी ४४ लाख ५७ हजार ६ सय ९८ रुपैयाँ खर्च भएको छ ।पत्रकार सम्मेलनमा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले चाँडै नै सातौं संस्करणको टाइगर कपको मिति सार्वजनिक गर्ने बताए ।स्थाका सचिव डिबी नेपालीले बचत भएको रकम शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक क्षेत्रमा खर्च गरिने बताए ।
प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ प्रथम, नेपाल पुलिस क्लब दोस्रो र पर्वत जिल्ला भलिबल संघ तेस्रो तथा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब प्रथम, नेपाल पुलिस क्लब दोस्रो र थाइल्याण्डको किभान्स तेस्रो भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय…







