पोखरा १६ का विपन्न महिलालाई बाख्रा वितरण


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. १६ का विपन्न वर्गका महिलालाई बाख्रा वितरण गरिएको छ ।

उनीहरुको आय आर्जनमा सहयोग पुर्याउने उद्धेश्यले अम्विका भागवत फाउण्डेसन र सम्झना सामाजिक सेवा समितिको सहकार्यमा त्यस वडामा रहेका विपन्न वर्गका पाँच जना एकल महिलालाई बाख्रा वितरण गरिएको कार्यक्रमको सहजिकरण गरेकी अनिता भट्टराई पौडेलले जानकारी दिईन् ।अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आयोजित कार्यक्रममा त्यस वडाका सिर्जना नेपाली, पुर्णकुमारी नेपाली, राममाया विक,प्रेमकुमारी कार्की र भोजमाया विकलाई बाख्रा हस्तान्तरण गरिएको हो ।उनीहरुलाई पोखरा १६ की वडा सदस्य मञ्जु नेपाली,अम्विका भागवत फाउण्डेसनका अध्यक्ष गणेश नेपाल, अम्विका नेपाल, भगवती नेपाल, अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमकी शारदा बस्नेत र सहजकर्ता अनिता भट्टराई पौडेलले वितरण गरे ।

कार्यक्रममा बोल्दै वडा सदस्य नेपालीले यस्ता कार्यक्रमले विपन्न परिवारको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै, बाख्रापालनमार्फत महिलालाई दीर्घकालीन आम्दानीको आधार तयार हुने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा पनि स्वरोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाईन् । फाउन्डेसनका अध्यक्ष गणेश नेपाल, अम्विका नेपाल, भगवती नेपाल र अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमकी शारदा बस्नेतले महिलाहरूलाई आत्मनिर्भर बनाउन र जिविकोपार्जन मार्फत आय बढाउन सहयोग पग्ने विश्वास व्यक्त गरे । सहजकर्ता अनिता भट्टराई पौडेलले आर्थिक रूपमा कमजोर तथा आयआर्जनका अवसर कम भएका महिलाहरूलाई पेवा स्वरूप बाख्रा प्रदान गरिएको बताईन्।

सहभागिले आय आर्जन बढेपछि लाभग्राही दिदीबहिनीहरूले पुनः अर्को आवश्यकता भएका महिलालाई एक एक ओटा बाख्रा हस्तान्तरण गर्न सुझाव दिए । सहयोग प्राप्त गरेका एकल महिलाहरूले यस सहयोगले आफ्नो जीविकोपार्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।