पोखरा, बैशाख १०
सर्वेश्वर व्यवसायी समिति पोखराको आयोजनामा विहीबार भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ । पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजना तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए ।

सो अवसरमा नया वर्ष २०८३ साल प्रवेशको अवसरमा शुभकामना अदानप्रदान गरिनुका साथै नया वर्ष २०८३ को भित्तेपात्रो विमोचनसमेत गरिएको थियो । भित्तेपात्रो प्रकाशनको संयोजन समितिका बरिष्ठ उपाध्यक्ष विशाल अधिकारी तथा रक्तदान कार्यक्रमको संयोजन सचिव श्याम कुँवरले गरेको अध्यक्ष छविलाल गौतमले जानकारी दिए । समितिले पछिल्लो ३ वर्षदेखि हरेक वर्ष १ हजार ५ सय भित्तपात्रो प्रकाशन गरेर व्यापार प्रवद्र्दनात्मक कार्यक्रमसहित छिमेकी जिल्लाहरुमा पुगेर वितरण गर्दै आएको छ । यस वर्ष पनि चाँडै पाल्पा, रामपुर, भीमाद, लमजुङ, गोरखा, तनहुको आँबुखैरेनी, दमौलीलगायतका ठाउँहरुमा पुगेर व्यापार प्रवद्र्दनसँगै भित्तेपात्रो वितरण गर्ने तयारी गरिरहेको बरिष्ठ उपाध्यक्ष विशाल अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सर्वेश्वर व्यवसायी समिति पोखरामा अब्बल संस्थाका रुपमा अगाडि बढिरहेको भन्दै प्रशंसा गरेका थिए । सो अवसरमा उनले सरकारलाई निर्वाध रुपमा उद्योग सञ्चालन तथा व्यापार गर्ने वातावरण बनाईदिन आग्रह गरे । भदौ २३ गतेको जेनजी आन्दोलनमा आफूहरुको पनि सहयोग र समर्थन रहेको तर भदौ २४ गते भएको सरकारी तथा नीजि क्षेत्रमा भएको तोडफोड र आगजनीप्रति आपत्ति रहेको बताए । भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्नलाई कारवाही हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष गिरीधारी अधिकारी, निवर्तमान अध्यक्ष तुलबहादुर थापा (राजन), कपडा व्यवसायी समिति कास्कीका अध्यक्ष लेखनाथ पौडेल, सल्लाहकार नरहरी अधिकारी, महासचिव लोकनाथ आचार्यलगायतले सर्वेश्वर व्यवसायी समितिले गरिरहेका गतिविधि, सामाजिक कार्यलगायतका बारेमा बोलेका थिए ।
सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको छ ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका अध्यक्ष छविलाल गौतमले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं ३० शिशुवा– शिसाघाट सडक खण्डको शिशुवा–खुदीखोला सडकको निर्माण…






