गण्डकी सरकारको घोषणा : युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०८३ मा प्रकाशित




पोखरा, जेठ १९

गण्डकी प्रदेश सरकारले युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिएको छ । हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका बेला गण्डकी सरकारले ती युवालाई स्वदेशमै रोक्नका लागि यस्तो महत्वकांक्षी योजना ल्याएको हो । यद्वपी त्यसका लागि बजेटले कस्तो सम्बोधन गर्छ भन्नेले यसमा निर्भर रहन्छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वाचन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले भने,‘अबको निकास युवाको विकास अभियान अन्तर्गत युवामा सकारात्मक सोंच, नेतृत्व विकास, उद्यमशीलता, सीप तथा क्षमता विकास गरि युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाईनेछ ।’

त्यस्तै, विकास तथा नीतिगत निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण र प्रभावकारी सहभागिता पनि सुनिश्चित गरिने उनले बताए । साथै प्रदेश नमूना युवा संघसंस्था, युवामैत्री स्थानिय शासन कार्यक्रम सञ्चालन गरिने पनि उनले उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।