पोखरा महानगरपालिका वडा नं.१९ मा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले ‘सजिलो साकोस प्रोत्साहन वृति’ अक्षयकोष स्थापना गरेको छ।
सहकारीले १३ औं स्थापना दिवसको अवसर पारेर लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मा.विमा १ लाख ११ हजार १११ रूपैयाँ दश पैसाको अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।अक्षय कोषको रकम हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक क्षेत्रमा सजिलो सहकारीले गरेको कार्य अनुकरणीय रहेको बताए। उनले सहकारीले आर्थिक कारोबार मात्र नगरी शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा पनि उत्तरदायित्व बहन गरेको स्पष्ट पारे।
कार्यक्रममा संस्थापक अध्यक्ष रविमान सिहं भण्डारी, विद्यालयका सहायक प्रधानाध्यापक बल बहादुर श्रेष्ठ र संस्थाका पूर्व अध्यक्ष निर्मल पौडेलले सामुदायिक विद्यालयप्रति सहकारी संस्थाले गरेको सहयोगको प्रशंसा गरेका थिए । सो रकमबाट प्राप्त ब्याजले इन्द्रराज्यलक्ष्मी मा. विबाट प्रत्येक वर्ष माध्यमिक शिक्षा परिक्षा उतिर्ण गरि सोही विद्यालयमा दश जोड दुई अध्ययन गर्ने उत्कृष्ट एक विद्यार्थीलाई वाार्षिक रुपमा प्रोत्साहन स्वरुप रकम प्रदान गरिने कार्यक्रम संयोजक बिनोद केसीले जानकारी दिए ।
सहकारीका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुमाया बानियाँ र संचालन सचिव ईन्जिनियर दिनेश भण्डारीले गरेका थिए । पोखराका वडा नं १९ ÷१६ मा कार्यक्षेत्र रहेको सहकारीमा हाल १ हजार ५९ सक्रिय शेयर सदस्य आवद्ध रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने…





