पशु बधशाला एवम् मासु प्रशोधन केन्द्र सञ्चालनको सम्भाव्यता अध्ययन गरिने


     एभरेस्ट आवाज    
     असार ५ गते २०८३ मा प्रकाशित




पोखरा, असार ५

पोखरा महानगरपालिकाले पशु बधशाला एवम् मासु प्रशोधन केन्द्र निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसअघि मानबहादुर जिसीको पालामा नै बजेट छुट्टिएर गण्डकी प्रदेश सरकारकोसमेत सहकार्यमा पशु बधशाला निर्माण गर्ने प्रयास भएको थियो । त्यसबेला पशु बधशाला निर्माण गर्ने ठाउँ नपाएर सो योजना अलपत्र परेको थियो ।

सोहि अवधारणलार्य पोखरा महानगरले पुनः योजनाका रुपमा राखेर बजेट विनियोजन गरेको छ । जसका लागि सम्भाव्यता अध्ययन गरिने उपप्रमुख मञ्जुदेवी गुरुङले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।