नेपालमै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८३ मा प्रकाशित




नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ।

यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्राण्ड बनेको कम्पनीले जनाएको छ।
यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्सबाट प्रदान गरिएको हो। यूआरएस युकेएएस र आईएएफ बाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो। प्रमाणपत्रले कम्पनीले प्रदान गर्दै आएका सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली लागू भएको पुष्टि गरेको छ। प्रमाणीकरणको दायराभित्र थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधा समेटिएका छन्। कम्पनीका अनुसार यसले सञ्चालन प्रणाली, सरसफाइ मापदण्ड र ग्राहक सेवा अन्तर्राष्ट्रिय स्तरअनुसार रहेको पुष्टि गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र केवल उपलब्धि मात्र नभई प्रत्येक ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार ट्रन्क्यूलिटी स्पाको जुनसुकै शाखामा पुगे पनि ग्राहकले समान स्तरको सेवा, सरसफाइ र हेरचाह अनुभव गर्नेछन्। त्यस्तै, प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले यो मान्यता वर्षौंदेखि कम्पनीले विकास गर्दै आएको प्रणाली र मापदण्डको अन्तर्राष्ट्रिय प्रमाणीकरण भएको उल्लेख गरे। उनले गुणस्तर, निरन्तर सुधार र सरसफाइलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।१८ वर्षअघि काठमाडौंको लाजिम्पाटबाट सुरु भएको ट्रन्क्यूलिटी स्पाले हाल काठमाडौं, पोखरा, चितवन, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलसँगको सहकार्यमा सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीमा ३ सयभन्दा बढीले रोजगारी पाएका छन्।

यस्तै, कम्पनीको प्रशिक्षण संस्था ट्रन्क्यूलिटी इन्टरनेशनल ब्यूटी एन्ड स्पा एकेडेमी मार्फत हालसम्म ३ हजार ५ सयभन्दा बढी व्यक्तिले वेलनेससम्बन्धी व्यावसायिक सीप हासिल गरिसकेका छन्। आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्तिसँगै ट्रन्क्यूलिटी स्पाले अन्तर्राष्ट्रिय गुणस्तरअनुसार सुरक्षित, व्यवस्थित र विश्वसनीय वेलनेस सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।