कुँडहरको सहयोग घार्मीलाई


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८३ मा प्रकाशित




पोखरा १२ स्थित कुँडहर आमा समुहले महेन्द्र मावि, घार्मीलाई स्टेशनरी सहयोग गरेको छ ।

बिभिन्न क्षेत्रमा सामाजिक सेवा गर्दै आईरहेको समुहले बिहीबार सो विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री अन्र्तगत कापी, कलम वितरण गरेको हो । ति सामाग्री समाजसेवी प्रेमप्रसाद गौतम र आमा समुहका अध्यक्ष प्रभा गौतमले हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै समाजसेवी गौतमले विद्यालयको शैक्षिक विकासमा आफु आवद्ध संघ संस्थाबाट पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । समुहका अध्यक्ष समेत रहेकी पुर्व शिक्षक प्रभा गौतमले विद्यार्थीको शैक्षिक विकासका लागि सानो सहयोगले पनि ठुलो भुमिका खेल्ने बताईन् । समुहका कोषाध्यक्ष लक्ष्मी थापाले संस्थाले यसअघि पनि विद्यालय, धार्मिक स्थल र वृद्धाश्रमलाई निरन्तर रुपमा सहयोग गर्दै आईरहेको जानकारी गराईन् ।

विद्यालयका प्रधानाध्यापक नन्दराज दाहालले समुहको सहयोगले विद्यार्थीलाई मात्र नभई अन्य संघ, संस्थालाई पनि प्रेरणा मिलेको बताउँदै, सहयोगका लागि आभार व्यक्त गरे । समुहका पदाधिकारी र सदस्यसमेत सहभागी रहेको कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक दाहाल, स्वागत शिक्षक शरदराज सापकोटा र संचालन रत्ना विश्वकर्माले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।