सन्देश श्रेष्ठ
पोखरा, साउन २९
तायाःमचा नाच समिति पोखरा–५ मालेपाटनकाृ आायोजनामा भोलि शनिबार तेस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुने भएको छ । मालेपाटनस्थित वाराही माविको खेलमैदानमा बिहान १० बजेदेखि राति १० बजेसम्म लाखे नाच प्रदर्शन गर्न लागिएको हो ।
लाखे संस्कृति संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा पोखरा र आसपासका विभिन्न स्थानका २० वटा लाखे समूहले एउटै मञ्चमा लाखे नाच प्रदर्शन गर्नेछन् । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसँगै नेवारी खाना, खाजा र स्थानिय उत्पादनको प्रदर्शन तथा बिक्रीसमेत हुने जनाइएको छ ।
विहान १० बजेदेखि शुरु हुने कार्यक्रममा मालेपाटन तायाः मचा नाचले ओपनिङ गर्नेछ भने त्यसपछि नेवार कल्याण समाज पर्वत, नेपाल राष्ट्रिय खड्गी समाज पोखरा–२, बागलुङको नारायणस्थान हटिया समाज, पोखरा–६ स्थित बैदाम नेवाः खल, जाल्पा देवी ल्याम्ह पुचः सिमलचौर पोखरा, हेमजा नेवा खल पोखरा–२५, चण्डेश्वरी नेवा समाज पोखरा–१४ को प्रस्तुती रहने कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिए ।
त्यस्तै रानीपौवा रामबजार तायाः मचा समिति, रानीपौवा खड्गी समाज, रातोपैह्रा लाखे खल पाखरा–१४, कुँडहर राधाकृष्ण मन्दिर पोखरा–१३, राष्ट्रबैंक चोक ड्यामसाइड नेवा खल, पृथ्वीचोक ल्याम्ह पुचः, जोजोलपा लाखे, तेर्सापट्टी यमलोकको लाखे, मोहरिया सिंहनाथ टोल तायाः मचा समिति पोखरा–१, गैह्रापाटन नेवा समाज पोखरा–४, नयाँबजार ल्याम्ह पुचः पोखरा–९ र नव पञ्चाली लाखे समूह पोखरा–२ को समेत प्रस्तुती रहने उनले जानकारी दिए ।
लाखे नाच नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा भएकाले यसको संरक्षण र नया पुस्तामाझ हस्तान्तरणका लागि मैत्रीपूर्ण प्रदर्शन आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीयवासी तथा सर्वसाधारणलाई सहभागी भई मौलिक संस्कृति संरक्षणमा साथ दिन आग्रह गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन…





