स्टेप बाई स्टेप मा.वि. मा चेस प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८३ मा प्रकाशित




स्टेप बाई स्टेप माध्यमिक विद्यालय, पोखरा–७, मासबारमा कक्षा ६ देखि १० सम्मका विद्यार्र्थीहरूबीच चेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा १५५ जना छात्र तथा छात्राहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रातर्पm पूर्णिमा गुरुङ (कक्षा ७), करिश्मा तामाङ (कक्षा ७), आइस्ना थापा (कक्षा ९), सवित्रा नेपाली (कक्षा १०) क्रमशः प्रथम, द्वितीय र दुई जना तृतीय हुन सफल भएका थिए । त्यसैगरी कक्षा ६–८ छात्रतर्पm सुशान्त गुरुङ (कक्षा ७) प्रथम, एल्सन थापा (कक्षा ७) द्वितीय र सम्राट थापा (कक्षा ७) तथा विनायक गुरुङ (कक्षा ८) तृतीय हुन सफल भएका थिए । कक्षा ९ र १० को छात्रतर्पm प्रथमः आविष्कार के.सी (कक्षा ९), द्वितीयः सुशांक बस्नेत (कक्षा १०) र तृतीयः अनुष राज शर्मा (कक्षा ९) तथा सोयाब अहमद (कक्षा ९) भएका थिए । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै विद्यालयका प्राचार्य निर्मला बरालले चेस खेलले विद्यार्र्थीहरूको बौद्धिक तथा तार्किक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताईन् । सहप्राचार्य दीपक गिरीले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्र्थीहरूलाई शुभकामना दिँदै विद्यालयले नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको बताए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विकल बरालको संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा विद्यार्र्थीहरूलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । कक्षा ६–८ लाई एउटा समूह तथा कक्षा ९–१० लाई अर्को समूहमा विभाजन गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।