सन्देश श्रेष्ठ पोखरा, भदौ १५
सहारा क्लव पोखराले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतका लागि डेढ लाख बढी सहयोग गरेको छ । आहा ! रारा पोखरा गोल्डकपको आयोजक तथा सहारा एकेडेमीको सञ्चालक सहारा क्लवले भोटेकोशी नदीमा आएको बाढीले प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायतका जिल्लाका नागरिकको उद्धार तथा राहतका लागि १ लाख ५० हजार ६ सय ४२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
सहारा क्लवका पदाधिकारी, पूर्व पदाधिकारी, संस्थापक तथा सदस्यहरुबाट संकलन गरि बाढी पीडितलाई सहयोग गरेको क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । उनले भने,‘पीडितको दुःखमा हामी पनि साथमा छौं भन्ने सन्देश दिन खोजेका हौं ।’ उनले सकेको सहयोग गर्न अन्यलाई पनि आग्रह गरे ।
२०५८ सालदेखि निरन्तर राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गरेर फुटबलको विकासमा योगदान दिदै आएको सहारा क्लवले सहारा एकेडमी पनि सञ्चालन गर्दै आएको छ । जहाँ १६ जिल्लाका ३० बालकहरु अहिले पनि आवासीय रुपमा आश्रित छन् । जसको पालनपोषणदेखि शिक्षासँगै खेलकुद प्रशिक्षणसम्मको खर्च क्लवले बेहोर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशमा परेको प्राकृतिक विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा…






