देशमा परेको प्राकृतिक विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा साथ दिँदै पोखरास्थित तीन संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन्।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडाले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ। त्यसैगरी, पोखरास्थित कुमुदिनी होम्सले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले यसअघि नै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरिसकेको छ।
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोलगायत प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले कलेजले उक्त रकम प्रदान गरेको कलेजका अध्यक्ष अशोक पालिखेले बताए।
विपद्को कठिन घडीमा पीडित तथा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उनले बताए। कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको उनले बताए।
“देश अप्ठ्यारो अवस्थामा रहेका बेला पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो सामाजिक उत्तरदायित्व हो। सहयोग रकम सानो–ठूलोभन्दा पनि विपद्का बेला एकजुट भएर पीडितको साथमा उभिनु महत्वपूर्ण हुन्छ,” अध्यक्ष पालिखेले भने।
उनले विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा निजी क्षेत्र तथा शैक्षिक संस्थाले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। कलेजले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै खोजी, उद्धार, उपचार तथा पुनःस्थापनाका लागि राज्यका सम्बन्धित निकायबाट भइरहेका प्रयासमा आफ्नो सहयोगले केही भए पनि टेवा पुग्ने विश्वास गरेको छ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले पर्यटन तथा आतिथ्य व्यवस्थापन शिक्षाका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए।
यसैबीच, कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत राज्यको राहत तथा उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको बताए।
त्यसैगरी, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको थियो।
पालिखे नेतृत्वमा रहेका तीन संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशमा परेको प्राकृतिक विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा…






