सन्देश श्रेष्ठ
पोखरा, भदौ १७
पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको बुधबार सम्पन्न २६ औं साधारण सभा तथा १४ं अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा नेपाल हवाई खेलकुद संस्था ‘ना’का पूर्व अध्यक्ष कृष्ण भण्डारीलाई १४ मतले पराजित गर्दै भुजेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल ३९ प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले २५ मत प्राप्त गरे भने पराजित ढुंगानाले ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ३ मत बदर भएको थियो । परिषदको अध्यक्षमा निर्वाचित भुजेल टानका पूर्व अध्यक्ष हुन् ।
परिषदको सदस्यहरुमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । परिषदको निर्वाचित कमिटीले प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पछि चयन गर्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका…








