पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिदैं गर्दा चुनावी सरगर्मी पनि निकै बढेको छ।
यही भाद्र २० र २१ गते हुने ३६औँ महाधिवेशनमा संघको आगामी नेतृत्वका लागि मात्रै चार जना चुनावी मैदानमा छन् । बलराम आचार्य र शोभा गौतम प्यानल बनाएरै चुनावमा होमिएका छन् भने उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेलले अध्यक्षमा मात्रै प्रतिस्पर्धा गरेका छन् ।संघमा पुग्नका लागि यतिबेला पदाधिकारी देखि सदस्यसम्म चुनावी प्रचारमा व्यस्त रहेका छन् । उनीहरु घरदैलों मार्फत व्यवसायीसँगको भेटघाट र छलफल मार्फत आफ्ना भावी योजना सुनाई रहेका छन् । घरदैलौं अभियानकै क्रममा व्यस्त रहेका कार्यसमिति सदस्य पदका उमेद्वार दिलिपकुमार श्रेष्ठले व्यवसायिक ऐक्यवद्धता नै आफ्नो मुख्य प्रतिवद्धता रहेको बताएका छन् । सामाजिक अभियन्ताको समेत छवि बनाएका उनले व्यवसायीहरूको हकहित र साझा समस्या समाधानका लागि नै आफुले उमेद्वारी दिएको र त्यसका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।
दुई दशक देखि पोखरामा रहेर व्यवसायिक अनुभव सँगालेका श्रेष्ठले व्यापारिक जगतको जगदेखि नै संघर्ष गरेर आएका कारण व्यवसायीले भोग्नुपर्ने दैनिक समस्या, बजार व्यवस्थापन र राज्यका नीतिगत जटिलताहरूलाई नजिकबाट अनुभूत गरेको बताए । उनले व्यवसायका क्रममा आफ्नो भोगाइ र अनुभवलाई उम्मेदवारीको मुख्य आधार बनाएका छन् ।पोखरा उद्योग बाणिज्य संघलाई साना देखि ठुला व्यवसायीहरुको सम्मानित संस्था बनाउनका लागि आफ्नो भुमिका महत्वपुर्ण हुने उनको भनाई छ । यसका लागि कार्य योजनासहित चुनावी प्रतिस्पर्धामा उत्रिएको श्रेष्ठले बताए । उनले व्यवसायीको आत्मसम्मान र सुरक्षालाई मुख्य प्राथामिकता दिदैं, व्यवसायीलाई समस्या पर्दा संघ आफैँ व्यवसायीको सटरसम्म पुग्ने संयन्त्र निर्माण गर्ने र बजारका अनावश्यक झमेला एवं नीतिगत अन्यौलका विरुद्ध लाग्ने कार्य योजना नै तय गरेका छन् ।
बिभिन्न संघ संस्थाको नेतृत्व सम्हालेर अनुभव बटुलेका श्रेष्ठ हाल अधिकृत बिक्रेता संघ पोखराको वरिष्ठ उपाध्यक्ष तथा नेपाल वितरक महासंघको केन्द्रीय कार्यकारिणी सदस्य हुन् । पोखरा उद्योग वाणिज्य संघकै एक कार्यकाल सदस्यका रूपमा अनुभव हासिल गरेका उनले सामाजिक संस्थामा पनि नेतृत्व प्रदान गरेका छन् । श्रेष्ठ लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीको पूर्व अध्यक्ष र लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आईको डिष्ट्रिक्ट काउन्सिलर पनि हुन् ।
पोखरा प्लास्टिक व्यवसायी समिति, कास्कीमा समेत सक्रिय उनी अदिति ट्रेड सेन्टर, फोर ए डी ट्रेडिङ हाउस र फोर डी ट्रेडिङ हाउसका सञ्चालक हुन्।संघको निर्वाचनमा क्रम संख्या ४ मा उम्मेदवारी दिएका श्रेष्ठले सम्पूर्ण उद्योगी, व्यवसायीको हितका लागि आफुलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला…








