युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन ।
क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन ।क्लबको वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानियाँ, द्धितिय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरुङ, सह कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन ।त्यसैगरी कार्यसमिति सदस्यहरुमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की ९बिजय०, गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरुङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम बिजय भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं। १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले विभिन्न सामाजिक कार्यमार्फत आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको बताएका छन् । “पछिल्लो समय जेन्जी आन्दोलन र रसुवा–भोटेकोशी बाढीबाट प्रभावित विपद् पीडितहरूलाई सहयोग गर्दै क्लबले अनुकरणीय काम गरेको छ,”वडाध्यक्ष बास्तोलाले भने, “क्लबका हरेक सकारात्मक क्रियाकलापमा वडा कार्यालयको सदैव साथ र सहयोग रहँदै आएको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ।” क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले पोखरा महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र पोखरामा चिडियाखाना निर्माणको पहलकदमी गर्दै आएको स्मरण गराए । क्लबको पहलमा गण्डकी प्रदेश सरकारले ’ड्रिम प्रोजेक्ट’को रूपमा अगाडि बढाएको चिडियाखाना निर्माणले सोचेजस्तो गति लिन नसक्नु दुःखद भएको बताउँदै उनले यसले यथाशीघ्र पूर्णता पाउनुपर्नेमा जोड दिए ।
क्लबले अघिल्लो वर्षदेखि आफ्नै जग्गामा सुरु गरेको अर्को ड्रिम प्रोजेक्ट—आवासीय छात्रबास निर्माणको कामलाई अब आउने नयाँ कार्यसमितिले पूर्णता दिनुपर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो । क्लबका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिवले कार्यक्रमको सञ्चालन गरेका थिए । उक्त कार्यक्रमको संयोजन प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले गरेका थिए ।
साधारण सभाले आगामी कार्यकालका लागि संस्थागत गतिविधिहरूलाई थप प्रभावकारी बनाउने र सामाजिक तथा विकास निर्माणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…








