भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा १६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ ।
विद्यालय परिवार, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलित ७ लाख १ सय ३१ रुपैयाँ प्याब्सन कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषमा जम्मा भएको विद्यालयले जनाएको छ ।बाढी प्रभावितका लागि विद्यार्थीबाट १ लाख ९१ हजार १६६, शिक्षक कर्मचारीबाट २ लाख ७३ हजार ९६५, विद्यालयको च्यारिटी फण्डबाट ७५ हजार र विद्यालय संचालकबाट १ लाख ६० हजार गरी ७ लाख १३१ रुपैयाँ संकलन भएको सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए । विपद्मा परेकालाई सहयोग गर्नु संस्थाको मानवीय कर्तव्य भएको विद्यालयले जनाएको छ ।
विद्यालयले आर्थिक सहयोग मात्र नभई बाढीमा परेर ज्यान गुमाएका नागरिकको सम्मान स्वरुप सोमबार श्रद्धाञ्जलीसहित दीप प्रज्वलन गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागी, विद्यालय संचालक, शिक्षक कर्मचारी र विद्यार्थीहरुले दीप प्रज्वलनसहित दिवंगत आत्माको चीर शान्तीको कामना समेत गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि ३ वटा कृति छनोट भएका छन् ।…





