मिडियासँगै व्यवसायमा रोजी श्रेष्ठ : नाइटिङ्गेल सप्लायर्समार्फत नयाँ यात्रा


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०८३ मा प्रकाशित




पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा पनि अघि बढेकी छन्। मिडियाकर्मी तथा फेवा टिभीकी निर्देशक श्रेष्ठले सञ्चारसँगै व्यवसायमा नयाँ अनुभव र सम्भावना खोज्दै पोखरा–१७ बिरौटाचोकस्थित अयोध्या भगवान् (ग्रिन कम्प्लेक्स) मा ‘नाइटिङ्गेल सप्लायर्स’ सञ्चालनमा ल्याएकी हुन्।
सञ्चारकर्मलाई आफ्नो व्यावसायिक यात्राको एउटा पाटो बनाउँदै आएकी श्रेष्ठका लागि नाइटिङ्गेल सप्लायर्स नयाँ क्षेत्रको सुरुवात हो। सञ्चार क्षेत्रमा काम गर्दाको अनुभवलाई सँगै राखेर ग्राहकको आवश्यकता र रोजाइअनुसारका सामग्री उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरेको उनले बताइन्।
‘सञ्चार क्षेत्रमा काम गर्दै आएको अनुभवसँगै अब व्यवसायमा पनि केही नयाँ गर्ने सोचले नाइटिङ्गेल सप्लायर्स सुरु गरेकी हुँ,’ श्रेष्ठले भनिन्, ‘ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराउने मेरो उद्देश्य हो। व्यवसायलाई विश्वास, गुणस्तर र सेवासँग जोडेर अघि बढाउने प्रयास रहनेछ।’
व्यवसाय सुरु गर्दाको उनको प्राथमिकता केवल सामग्री बिक्रीमा सीमित छैन। ग्राहकले आफ्नो आवश्यकता र रोजाइअनुसारका सामग्री एउटै स्थानबाट सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले नाइटिङ्गेल सप्लायर्समा विभिन्न प्रकारका लाइफस्टाइल सामग्री राखिएको छ।
आजदेखि सञ्चालनमा आएको सप्लायर्समा महिला तथा पुरुषका लागि ब्याग तथा ह्यान्डब्याग, लिंगरी तथा इन्टिमेट्स, एक्टिभ तथा जिम वेयर, नाइटगाउन तथा स्लीप वेयर, लाउन्जवेयर तथा टु–पिस सेटका साथै पुरुषका आधारभूत तथा आवश्यक सामग्री उपलब्ध छन्।
श्रेष्ठका अनुसार आगामी दिनमा ग्राहकको आवश्यकता, रोजाइ र सहजतालाई प्राथमिकतामा राख्दै सामग्रीको विविधता थपिनेछ। व्यवसायलाई विस्तार गर्दै लैजाने उनको योजना छ।
सञ्चार र व्यवसायलाई सँगसँगै अघि बढाउने लक्ष्यसहित सुरु भएको नाइटिङ्गेल सप्लायर्स श्रेष्ठको व्यवसायिक यात्राको नयाँ अध्याय बनेको छ। सञ्चार क्षेत्रमा बनाएको आफ्नो अनुभव र सम्पर्कलाई व्यवसायिक क्षेत्रमा पनि उपयोग गर्दै ग्राहकको विश्वास जित्ने उनको प्रयास रहनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।