पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा आइपुगेको छ। हुन्डाईले पोखरा तथा आसपासका ग्राहकलाई लक्षित गर्दै नयाँ भेन्युलाई बजारमा उपलब्ध गराएको हो।
कम्पनीका अनुसार नयाँ भेन्युमा एसयूभी डिजाइनसँगै आरामदायी इन्टेरियर, आधुनिक प्रविधि र विभिन्न ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर सुविधा थप गरिएको छ।
भेन्युको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ।
इन्टेरियरतर्फ १०.२५ इन्च ccNC इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट–एन्ड–स्लाइड सनरुफ जस्ता सुविधा उपलब्ध छन्।
प्रदर्शनका लागि नयाँ भेन्युमा Kappa १.२ लिटर MPi पेट्रोल र Kappa १.० लिटर Turbo GDi पेट्रोल इन्जिन विकल्प दिइएको छ। कम्पनीका अनुसार यी विकल्पले सामान्य दैनिक प्रयोगका लागि सहज प्रदर्शनदेखि टर्बोचार्ज्ड इन्जिनको थप प्रतिक्रियाशील प्रदर्शनसम्मको सुविधा दिन्छ।
सुरक्षातर्फ नयाँ भेन्युमा ६ वटा एयरब्याग, ABS सहित EBD, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (VSM) तथा हिल–स्टार्ट असिस्ट कन्ट्रोल (HAC) जस्ता सुविधा समावेश गरिएको छ।
नेपालमा नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो HX 2 (१,१९७ सीसी पेट्रोल), HX 5+ (१,१९७ सीसी पेट्रोल) र HX 5 DCT (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
पोखराका ग्राहकले स्थानीय हुन्डाई शोरुममा पुगेर नयाँ भेन्युको डिजाइन, प्रविधि, सुविधा तथा ड्राइभिङ अनुभवबारे जानकारी लिन सक्नेछन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






