भोटेकोशी बाढी प्रभावितलाई मौजाको करिब २ लाख सहयोग


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित




रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुर्नस्थापनाको लागि पोखरा २० स्थित मौजा टोल विकास संस्थाले करिब २ लाख आर्थिक सहयोग गरेको छ ।

गत भदौं १० गते आएको विनासकारी बाढीका कारण परिवारसहित सर्वस्व गुमाएका पीडित परिवारका लागि संस्थाले १ लाख ९० हजार १२० रुपैयाँ ग्लोबल आएमई बैंकमा रहेको प्रधानमन्त्री दैवि प्रकोप उद्धार तथा राहत कोषको खातामा जम्मा गरेको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए । बाढीका कारण देश नै आक्रान्त बनेको समयमा पीडित परिवारको पिडामा हातेमालो गर्न सो रकम सहयोग गरेको उनले बताए ।

संस्थामा आवद्ध सदस्यहरुबाट जति सकिन्छ त्यति रकम सहयोग संकलन गरेर जम्मा गरिएको संस्थाका अध्यक्ष गौप्रसाद पौडेलले बताए ।विपत्तिको समयमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन संस्थाका तर्फबाट सहयोगको हात अघि बढाएको उनको भनाई छ। संस्थाले पीडित परिवारको राहत र पुर्नस्थापनामा ध्यान दिन सरकार समक्ष आग्रह समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।