सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २३
कास्कीको अन्नपूर्ण गाउँपालिकाको घट्टेखोलामा सुख्खा पहिरो गएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित घट्टेखोलामा दिउँसो करीब ३ बजे सुख्खा पहिरो खसेको कास्की प्रहरीले जनाएको छ । सुख्ख पहिरोका कारण बागलुङ–पोखरा राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक (ईन्सपेक्टर) दीपक रिजालले जानकारी दिए ।
अबरुद्ध बाटो खुलाउने प्रयास भइरहेको उनले बताए । पहिरो गएको थाहा पाएलगत्तै वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक (ईन्सपेक्टर) राम सापकोटाको नेतृत्वमा २० जनाको टोली डोजरसहित परिचालन भएको उनले बताए । ‘पहिरो खुलाउने प्रयास शुरु भएको छ, सम्भवता साँझबाट अबरुद्ध बाटो खुल्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले पोखराको सिमलचौरबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।…







