पोखराको सिमलचौरबाट जुवातास खेलिरहेका ६ जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८३ मा प्रकाशित




कास्की प्रहरीले पोखराको सिमलचौरबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । गएराती जुवातास खेलिरहेको भन्ने जानकारी पाएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ परेकाहरूको साथबाट नगद १ लाख ४३ हजार १ सय ९० रुपैयाँ र ५२ बुक तास बरामद गरेको कास्कीका प्रहरी निरिक्षक दिपक प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय,कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।