सन्देश श्रेष्ठ
पोखरा, फागुन ६
आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा ६ पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथको शिकार बनाउँदै आयोजक सहारा क्लव पोखरा फाईनलमा पुगेको हो । निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म गोलरहित बराबरी खेलेको सहाराले सडन डेथमा ७-६ गोल अन्तरको बिजय हाँसिल गरेसँगै सहाराले १२ वर्षपछि खोला फर्काएको छ । मा १२ औं आहा रारा पोखरा गोल्डक-२०७० सालको उपाधि बिजेता सहारा त्यसपछि फाइनलमा पुग्न सकेको थिएन । तर यस पटक १२ वर्षपछि उसले फाईनल पुगेर ईतिहास दोहो¥याएको छ ।
सहारालाई दोस्रो पटक ऐतिहासिक रुपमा फाइनलमा पुर्याउँदा गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले सडन डेथमा मनाङमस्र्याङ्दीका सविन खड्काको प्रहार रोक्दै सहारालाई जित दिलाए । पेनाल्टी सुटआउटमा ५÷५ गोल र त्यसपछि सडन डेथको पहिलो प्रहारमा पनि दुबैले गोल गरेपछि दोस्रो सडन डेथमा प्रवेश गरेको थियो । पेनाल्टी सुटआउटमा सहाराका बिक्की चाम्लिङ राई, विनय तामाङ, मुकुन्द नुईरे, शिशष थापा र प्रसन्न श्रेष्ठले गोल गरेका थिए भने मनाङका दीपेश गुरुङ, आशिष श्रेष्ठ, ज्ञानबहादुर पुलामी, नवराज गुरुङ र रोनिष धाके राजभाकले पनि गोल गरेका थिए । त्यस्तै, पहिलो सडन डेथमा सहाराका आशिष गुरुङ र मनाङका गिडिओन नोह क्यारिमेले गोल गरेपछि दोस्रो सडन डेथमा खेल प्रवेश गरेको थियो । दोस्रो सडन डेथमा सहाराका कप्तान सुशील लामाले गोल गरे । तर मनाङका कप्तान सविन खड्काले हानेको प्रहारमा सहाराका गोलकिपर टिकेन्द्र थापा बाधक बने । खड्काले बायाँ साईड च्यापेर हानेको प्रहार थापाले पञ्च गरेर रोक्न सफल भए ।
यसअघि निर्धारित ९० मिनेटको र थपिएको ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरी भएको थियो । खेलमा ५६ प्रतिशत बल पोजिसन होल्ड गरेको सहाराले आधा दर्जन बढी गोल गर्ने अवसर सिर्जना गरेको थियो । तर यी सबै प्रहारमा विपक्षी गोलकिपर र रक्षात्मक टोली बाधक बनेका थिए ।
४४ प्रतिशत बल पोजिसन होल्ड गरेको मनाङले पनि पटक पटक गोल गर्ने अवसर सिर्जना गरेको थियो । तर उसले पनि सदूपयोग गर्न नसक्दा सेमीफाइनलबाटै घर फर्किनु परेको छ ।
बुधबारको खेलमा सहारा क्लवका विदेशी खेलाडी टाए डिनियल बडारु प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने दोस्रो अन्तिम सेमीफाइनल खेलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तान र जावलाखेल युथ क्लव प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । सिधै वाई पाएर क्वाटरफाइनलमा आएको आभा एफसी प्लानिङ ब्वाईज युनाईटेडलाई १–० ले पन्छाउँदै सेमीफाइनलमा आइपुगेको हो भने जावलाखेलले प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लवलाई २–० र क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…






