पोखरा, जेठ १९
गण्डकी प्रदेशलाई खेल पर्यटन गन्तव्यको रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को लागि मंगलबार ल्याएको नीति तथा कार्यक्रममा गण्डकीलाई खेल पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरेको हो । गण्डकीको नीति तथा कार्यक्रम वाचन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले भने,‘साहसिक एवम् उच्च उचाई खेलकुदको विकास र बिस्तार गर्दै गण्डकी प्रदेशलार्ई खेल पर्यटनको गन्तव्यको रुपमा विकास गरिनेछ ।’
यसअघि हालसम्मका कुनै पनि सरकारले ल्याएको नीति तथा कार्यक्रममा खेल पर्यटनको विषय सम्बोधन हुने गरेको थिए । खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा खेल पर्यटन कन्क्लेभ गरेपछि यसबारे सबैको चासो बढेको हो ।
संघ सरकारको बजेटमा पनि खेल र पर्यटनलाई अर्थतन्त्रसँग जोड्ने उल्लेख छ । तर गण्डकीलाई खेल पर्यटनको गन्तव्य बनाउनेबारे कहिं पनि उल्लेख थिएन । तर यस वर्ष गण्डकी सरकारले नीति तथा कार्यक्रममै यसलाई समेटेर यसमा लगानी बढाउँदै पर्यटक आकर्षित गर्ने तयारी गरेको देखिन्छ ।
त्यस्तै, गण्डकी सरकारले खेलकुद क्षेत्रको संस्थागत सुदृढिकरणका लागि प्रदेश, स्थानिय तह तथा नीजि क्षेत्रबीच, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने भएको छ । त्यसका लागि प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माण कार्यलाई प्राथमिकता दिदै खेल पूर्वाधारको संरक्षण, स्तरोन्नती र प्रभावकारी व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा…







