पोखरा । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका–२ स्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य आवश्यक सामग्रीहरु सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।
स्थानीयस्तरमा दैनिक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उक्त स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज तथा सेवामैत्री बनाउने उद्देश्यले बैंकले ह्वीलचियर, डस्टबिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको बैंकका प्रमुख सूचना अधिकारी एवं सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले जानकारी दिनु भयो।
उक्त सामग्रीहरु बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र शर्मा तथा पोखरा सर्कल हेड स्वेता शेरचनले संयुक्त रुपमा मोदी गाउँपालिका–२ का वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री तथा स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई बिहिबार !ज्येष्ठ २८ गते) आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरु, बैंकका प्रतिनिधिहरु तथा स्थानीय समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बैंकले प्रदान गरेको उक्त सहयोगले स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । साथै, स्थानीय सेवाग्राहीहरुले स्वास्थ्य सेवा प्राप्त गर्न थप सुविधा महसुस गर्ने अपेक्षा गरिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म…







